नागरिक प्रधान सम्पादकमा प्रतीक प्रधान,किशोरले दिए राजीनामा
काठमाडौं, जेठ १० – ‘नागरिक’ दैनिकको प्रधान सम्पादकमा प्रतीक प्रधान नियुक्त भएका छन्। प्रधान नागरिकको स्थापनाकालमा नेपाल रिपब्लिक मिडिया प्रालिका समूह सम्पादक रहिसकेका थिए । प्रधानको आगमनसँगै नागरिकका प्रधानसम्पादक किशोर नेपालको बहिर्गमन भएको छ। नागरिक छाडेपछि प्रधान ‘कारोबार’ दैनिकका प्रधान सम्पादक बनेका थिए । नागरिकको समूह सम्पादकमा आउनुअघि प्रधान काठमान्डु पोस्टका सम्पादक थिए ।

















