आमालाई ढाँट्दै सैफ र दीपिकाको किस (भिडियो सहित)
सैफ अली खान र दीपिका पादुकोणको आसन्न फिल्म ककटेल पछिल्ला दिनमा निकै चर्चामा छ । रिलिज हुने डेट नजिकिँदै गर्दा यो फिल्मको चर्चा बढिरहेको छ ।
अझ हालै यो फिल्मको एक नयाँ रोचक दृश्य सहितको प्रोमो सार्वजनिक भएपछि यसले ककटेल प्रति दर्शकको उत्सुकता बढाइदिएको छ ।
यो प्रोमोमा सैफले सामुदि्रक किनारामा पल्टिरहेकी दिपिकालाई चुम्बन गरिरहेका हुन्छन् । सो दृश्य एक्कासी आमा डिम्पल कापडियाले देख्न पुग्छिन् । चुम्बन गरेको दृश्य आमाले देखेपछि सैफ अतालिन्छन् र एकाएक अचम्मको बहाना बनाउन पुग्छन् ।
दीपिका पानीमा डुबेको र उनले केही पानी निलेकाले आफुले उनको पेटबाट पानी निकाल्नका लागि त्यसो गरेको उनले बताउँछन् ।
आमाले पनि सैफको कुरा पत्ताउँछिन् । दीपिका पानीमा डुबेको कुरा पत्याएर उनले पनि आफैले दीपिकाको मुखबाट पानी निकाल्न आफुले पनि दीपिकाको मुखमा मुख जोडाएर तान्ने प्रयास गर्ने बताउँछिन् । सैफले बँच्नको लागि चुम्बन गरेको कुरा ढाँटेको थाहा पाएकी दीपिका डिम्पलको यस्तो कुरा सुनेर झसंग हुन्छिन् । यो घटनाले त्यहाँ निकै रमाइलो परिस्थिति बन्दछ ।
ककटेलको यो प्रोमोले यो फिल्म अवश्य पनि ग्लामर र हँसिमजाकको समिश्रण हो भन्ने अड्कल काट्न गाह्रो पर्दैन । फिल्म ककटेल १३ जुलाइका दिन रिलिज हुँदैछ । सबै कुरा त रिलिज भएपछि नै थाहा हुनेछ ।














