बलिउडमा मेरो कोही साथी छैन: नारगिस फाख्री
मुम्बइ, नायिका नारगिस फाख्रीले आफूलाई रकस्टारका सहअभिनेता रणबीर कपुरले आईफा अवार्डमा वास्ता नगरेको समाचार झुटो रहेको बताएकी छिन् ।‘हो, यो सब झुट हो । रणबीर र म साथी हौँ त्यसैले वास्ता गर्ने नगर्ने भन्ने प्रश्न नै आउँदैन । कार्यक्रम पश्चात्को पार्टीमा भेट हुँदा हामी एक अर्कासँग राम्रोसँग बोलेका थियौँ । हामीले इन्डष्ट्रिको अरु सहकर्मीसँग पनि कुरा गरेका थियौँ । इन्डष्ट्रिको सिमित व्यक्तिहरुसँग त्यो मेरो पहिलो भेटघाट थियो, ‘ ३२ वर्षीया फाख्रीले भनिन् ।
त्यस्तै साहिदले वेवास्ता गरेको के हो त – भन्ने प्रश्नमा उनी भन्छिन्, ‘साहिदलाई मैले उसको जन्मदिनमा गोवामा भेटेकी हुँ र एकछिन कुरा पनि गरेका थियौँ । थाहा छैन यस्तो वाहियात कुरा कहाँबाट आउँछ -’उनी अझ प्रष्ट पार्छिन् , ‘साँच्चै भन्नु पर्दा मेरो बलिउडमा कुनै साथी नै छैनन् । मेरा म्यानेजरहरु नै मेरा साथी हुन् ।’
उनले अक्षय कुमारको खिलाडी ७८६बाट निकालीएको बारेमा त्यतो कुनै प्रतिक्रिया जनाउन चाहिनन् । यो फिल्म उसको दोस्रो फिल्म हुने आशा गरिएको थियो ।

















