Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

राति २ बजे प्रीति जिन्टाको पछि केटाहरु लाग्दा

preetijinta

बलिउड नायिका तथा निर्मात्री प्रीति जिन्टा र उनको होम प्रोडक्सनको फिल्म इश्क इन पेरिसका निर्देशक प्रेमराज फिल्मको एक गीतको भिडियोबारे राति-२ बजे सल्लाह गरिरहँदा एक रमाइलो घटना भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी दुई जना भिडियोको योजना बनाउँदै हिँडिरहेका थिए। त्यसै बेला प्रीतिलाई कसैले पछ्याइरहेजस्तो लागेछ। ‘मलाई त्यहाँ केही गडबड भइरहेको छजस्तो लाग्यो, पछाडि फर्केर हेर्दा केही केटाहरू हामीलाई पछ्याइरहेका थिए। राति र सुनसान भएकाले निकै डराएकी थिएँ’, प्रीतिले सञ्चारमाध्यमसित भनेकी छन्– ‘मेरो कार पनि निकै टाढा थियो, कारमा पुग्न निकै समय लाग्थ्यो।’

उनका अनुसार निर्देशक र नायिका निकै छिटो गरी बाटोमा हिँडेका थिए। तर उनीहरूलाई पछ्याउने केटाहरू पनि तेजले हिँड्न थाले। ‘छिटो हिँडे पनि उनीहरूले हामीलाई भेट्टाएरै छाडे। फटाहा केटासँग भेट भयो भनेर म निकै डराएँ’, प्रीतिले हाँस्दै भनेकी छन्– ‘तर उनीहरूले त छेउमा आएर अटोग्राफ प्लिज पो भने।’ उनले ती फ्यानसँग तस्वीर पनि खिचाएकी थिइन्।

  • buddha
  • name
Recent Updates