आफूलाई जवानै सावित गर्न पुरुषको अगाडि कपडा उतारिन् मेगनले
हलिउडकी चर्चित अभिनेत्री मेगन फक्सले आफूलाई जवानै भएको सावित गर्न एक पुरुषको अगाडि आफ्नो कपडा उतारेकी छिन् । मेगनले उक्त पुरुषका अगाडि कपडा खोलेर यो देखाउन चाहन्थिन कि उनी अझै जवानै छिन् ।
यो कुरा रियल लाईफको भने पक्कै होइन, आफ्नो आगामी फिल्म ‘दिस इज फोर्टी’मा त्यसरी कपडा उतारेकी हुन् । मेगनको उक्त फिल्म सेक्स कमेडी फिल्म हो । उक्त फिल्मलाई जुड अपटोवले निर्देशन गरेका छन् ।
उक्त फिल्मको एक दृष्यमा मेगनले एक पुरुषका अगाडि आफ्नो कपडा खोलेर आफू जवानै भएको देखाउँछिन् । समाचारका अनुसार उक्त दृष्यमा मेगनले पिंक विकनी र एनिमल प्रिन्टेड पेन्टी लगाएकी छिन् । जसका कारण उनलाई निकै हट देखिएको छ ।


















