Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

कसैको हाई हाई कसैलाई वाई वाई

Untitled-1

हलिउड स्टार जेनिफर एनिष्टन र उनका प्रेमी जस्टीन था्रक्सको अन्तीम समयमा आएर ईन्गेजमेन्ट गरेका छन् । जस्टीनले आफ्नो वर्थ डेको दिनमा जेनिफरलाई विवाहको प्रस्ताव गरेका थिए । जस्टीनले शुक्रवार आफ्नो वर्थ डे मनाएका थिए सोही क्रममा उनले जेनिफरलाई विहेको प्रस्ताव राखेपछि जेनिफरले सहमती जनाएकी थिईन् । यस् दुई जनाको भेट गत साल भएको थियो । जव उनीहरु फिल्म वन्डरलस्ट को शुटीङमा व्यस्त थिए । उनीहरुले अहिले आएर मात्र आफूहरु विचको रिलेसनसिपलाई सार्वजनिक गरेका हुन् । उनीहरुलाई गत साल थुप्रै मुबि अर्वाड फङ्सन र पार्टीहरुमा एक साथ देखिएको थियो ।

उनीहरुको यो सम्वन्धप्रति फ्यानहरुले पनि सहमती नै जनाएका छन् । तर एकातिर  उनीहरुको ईन्गेजमेन्टको खुसी छ भने अर्कातीर हलिउडका अर्को चर्चित जोडी व्रेड पिट र एन्जिलीना जोलीको सम्वन्धलाई हासोको पात्र वनाईएको छ । जस्टीन र जेनिफरको ईन्गेजमेन्टले जोली र पिटको सम्वन्धलाई धेरै असर गरेको वताईन्छ