Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

मानिसहरूले मलाइ स्विकार्छन भन्ने लागेको थिएन :सनी लियोन

sunny1

मुम्बइ, श्रावण १६, पूजा भट्टको हिन्दी फिल्म ‘जिस्म २’ बाट बलीउडमा प्रबेश गरेकी पोर्न फिल्म स्टार सनी लियोन अहिले भारतमा आफुले पाइरहेको प्रतिक्रियाहरूबाट निकै खुशी देखिन्छिन् । दर्शकहरू उनलाइ ठुलो पर्दामा हेर्न आतुर भएको उनलाइ लागेको छ ।

सनीले भनिन, कि ‘मलाइ मेरो पृष्ठभूमिको कारणले मानिसहरूले मन नपराउलान कि भन्ने लागेको थियो । अमेरिकामा म जुन काम गर्दछु, त्यो मेरो जिविका चलाउने माध्ययम मात्र हो । मलाइ भारतमा यसरी स्विकार गर्लान भन्ने कुरामा म आशवस्त थिइन, तर यहाँ पाइरहेको स्वागत र प्रतिक्रियाहरूबाट म निकै खुसी छु ।

के भारत एक पोर्न स्टारलाइ फिल्महरूमा देखाउनका लागी तयार छ त भन्दा उनी भन्छिन ‘मलाइ अहिले मात्र एक फिल्ममा लिइएको छ । जसका कारण मलाइ एक संसारमा बाटो खुलेको जस्तो लागेको छ । युवा पिढीका मानिसहरू म जस्तो मानिसलाइ टिभीमा पनि हेर्न तयार छन, नत्र म अहिले यहाँ हुन्नथे होला ।

 भारतिय रियलिटी शो ‘बिग बोस’ ले सनी लियोनलाइ शो-बिजनेसको दुनियामा एक नाम दिएको हो । यस शोले सनीलाइ धेरैनै फाइदा पुगेको छ । बिग बोसमा सनीको भूमिकालाइ लिएर निकैनै हंगामा भएको थियो, तर जब निर्देशक महेश भट्ट बिग बोसको घरमा गए र उनले सनीलाइ आफ्नो फिल्ममा काम गर्न प्रस्ताव गरेका थिए ।

अहिले भारतीय फिल्म उद्योगमा अगष्ट ३ मा रिलिज हुन लागेको पोर्नस्टार सनीको निकै चर्चा भैरहेको छ ।

  • buddha
  • name