Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

सनीसँग सदैव कण्डम

sunny1

पोर्न संसारबाट जिस्म २ चलचित्रसँगै बलिउडको छिरेकी सनी लियोन केही समयअघि सुटिङका लागि बैंकक गएकी थिइन् ।

तर त्यहाँ सुटिङ भने कुनै चलचित्रको नभई कण्डमको विज्ञापनको भएको खुलासा भएको थियो ।

अहिले त्यही विज्ञापनका कारण चर्चा बटुलिरहेकी पोर्न स्टारले आफू भारतीय युवाहरूमा सुरक्षित सेक्स प्रबर्द्धन गर्न चाहेको बताएकी छिन् । आफूले त्यही भएर कण्डमको विज्ञापनको सहारा लिएको उनले बताइन् । लियोन सदैव आफूसँग कण्डम राख्‍ने गर्छिन् । लस एन्जल्स परिषदले सबै पोर्न स्टारलाई कण्डम राख्‍न अनिवार्य गरेदेखि नै उनले आफूसँग कण्डम राख्‍न थालेकी हुन् ।

 लियोनको यो विज्ञापन चाँडै नै टेलिभिजन तथा समाचारपत्रमा देखिनेछ । त्यसबाहेक युट्युबका लागि बेग्लै किसिमको बोल्ड विज्ञापन पनि तयार गरिएको छ । जसलाई चाँडै नै प्रसारण गरिँदैछ । यो विज्ञापन टेलिभजन अखबारको विज्ञापनभन्दा फरक हुनेछ ।

  • buddha
  • name