Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

ठमेल यौनकर्मीका ग्राहक चिन्तामा

themel

पर्यटकीय ठमेल क्षेत्रमा यौनजन्य गतिविधि बढेको खबर सञ्चार माध्यममा आएपछि प्रहरी नियन्त्रणका लागि सक्रियता बढाउदै लगेको छ ।सञ्चयकोष र ज्याठाका सडकमा यौनकर्मीको काक्लो उपस्थिति देखिने क्रम केही दिनयता कम भएको छ । खुलेआम यी क्षेत्रमा सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी मोलमोलाइ गर्ने गतिविधि पनि  कम हुदै गएको छ । केही दिनदेखि स्थानीय र पैदल यात्रुलाई टाउको निहुराएर हिंडिरहनु परेको छैन ।
ठमेलका पर्यटन व्यवसायी दीपेन्द्र अधिकारीले छोटो समयमा ठमेलमा देखिएका यी परिवर्तनले धेरै आस जगाएको बताए । मसाजको राजधानीका रूपमा चिनिने ठमेलको भगवती बहाल, नरसिंह चोक, ज्याठा र पकनाजोल क्षेत्रमा झ्याल र गल्लीमा उभिएर यौनकर्मीले ग्राहक बोलाउन छाडेका छन् । धेरै वर्षदेखि विकृति र विसंगतिविरुद्ध लड्दै ठमेललाई ‘पारिवारिक र पर्यटक गन्तव्यु बनाउन लागेका युवा पर्यटन व्यवसायी रमेश पौडेलले आशाका किरण देखिए पनि अझै चमत्कार भइनसकेको बताए ।लैनचौर प्रहरी प्रभागले ठमेलमा यौनजन्य गतिविधि र पर्यटकलाई दुःख दिने हुल्याहाहरूलाई रोक्न सामुदायिक प्रहरीका ६ जना प्रशिक्षित प्रहरीसहित १६ जना नियमित सुरक्षाकर्मी परिचालन गरेको छ । उता दरबारमार्ग प्रहरी प्रभागले समेत ठमेललाई छुने आफ्नो सीमामा निगरानी बढाएर दुई दिनभित्र दुई ग्राहकसहित ८ जना यौनकर्मी महिलालाई पक्राउ गरेर फेरि उक्त क्षेत्रमा नदेखिने सर्तमा छाडेको छ । प्रभागले साँझ र राति सडकमा आएर ग्राहक खोज्ने पेसेवर यौनकर्मीको सूची नै बनाएर नियमित अनुगमन गरिरहेको छ । सबै मिलेर हातमा हात साथमा साथ गर्दै ठमेल क्षेत्रलाई बिशुद्ध पर्यटकीय स्थल बनाउनेतर्फ लाग्नुपर्दछ । अब पनि कोही कसैले ठमेलमा हिड्दा यौन गतिविधिको तिक्तता अनुभव गर्नुपरोस् है ।