मायाज बारको लास्ट सिनको भिडियो
काडमाडौं महानगरपालिकासँगै जोडिएको चाइना टाउन गेटमा महानगरकै दमकल राखिएको छ। दमकलमाथि क्रेन। सुरक्षाकर्मीको पनि उपस्थिति भएको उक्त ठाउँमा मानिसहरुको भीड बाक्लो छ। केहीबेरमा ‘रोल-क्यमेरा-एक्सन’को आवाज आयो। त्यो आवाज निकाल्दै थिए- निर्माणधीन फिल्म ‘मायाज बार’का निर्देशक दिनेश डिसी। उनीसँगै थिइन् फिल्मका नायिका करिश्मा मान्धनर र नायक गजित विष्ट। डिसीले मायाज बारको अन्तिम दृश्य सुटिङ भइरहेको जानकारी दिए। नायिका करिश्मा मानन्धरले आपतमा परेका बालकलाई उद्दार गर्ने दृश्य कैद भइरहेको जानकारी दिइन्। मायाज बार कस्तो फिल्म हो भन्ने प्रश्नमा उनले एक वाक्यमै भनिन्- फिल्म राम्रो छ, हेर्नुहोला।
साउनको दोस्रो साता रिलिज हुने भनिएको यो फिल्ममा निशा अधिकारी, करिश्मा मानन्धर र राजेश हमाल लगायतको मुख्य भूमिका छ। शनिबार नै ‘मायाज् बार’ले आफ्नो इनक्यापसमेत गरेको छ। ‘यस्तो दृश्य पहिला पनि लिएको थिएँ,’ छाँयाकार पुरु प्रधानले भने, ‘पानी पर्ने मौसम भएकाले हत्तारमा काम सिध्याउनुपर्यो।’

















