Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

कस्तो क्षमता ? आँखाबाट दुधको धारा !!! (भिडियो सहित)

milk

जोसुकै मान्छेसँग पनि केही न केही प्रतिभा अवश्य पनि हुन्छ । तर विश्वमा केही यस्ता मान्छेहरु पनि हुन्छन् जो सँग त्यस्तो क्षमता हुन्छ की त्यो अरु सामान्य मान्छेले गर्न नसक्ने मात्र होइन, पत्याउन पनि गाह्रो पर्छ ।

हामीले यहाँ त्यस्ता केही अनौठा प्रतिभा भएका व्यक्तिहरुलाई प्रस्तुत गरेका छौँ जसले गरेको काम देख्दा तपाइँले निधारमा मुजा पार्न बाध्य हुनुहुनेछ । हामीले यहाँ प्रस्तुत गरेको भिडियोमा १० जना त्यस्ता अनौठा व्यक्तिहरु समावेश छन् । ती प्रत्येकसँग अनौठो खुबी छ ।

एकजनाले कानको हावाले बेलुन फुक्नसक्छन्, अर्कोले नाकको हावाले तातो पानीको झोला फुटाउन सक्छ, त्यस्तै अर्कोले आँखाका डल्ला फुत्त बाहिर निकाल्छ । त्यस्तै जिब्रोले पेन्टिङ गर्ने, नाकबाट तार घुसार्ने, आँखामा खुर्सानी दल्ने देखि लिएर ढाडको हाडले चेँपेर बियरको क्यान कुच्याउने क्षमता पनि ती व्यक्तिमा छन् ।

त्यस्तै मुखैले नरिवलको बाहिरी भाग फोर्ने तथा आँखाबाट दूधको धारा निकाल्ने क्षमता भएका व्यक्तिहरु पनि यहाँ प्रस्तुत गरिएको छ ।

हेरौँ एकैछिन यो भिडियो ।

  • name