Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

हुँदाहुँदा मान्छेको लिंग समेत चोरी हुन थाल्यो

REALnews logo

हुँदाहुँदा मान्छेको शरीरबाट लिंग समेत चोरी हुन थालेको छ । चिनको झेजियांग प्रान्तस्थित निकियो गाउँका एक पुरुषको लिंग चोरी भएको छ । ४१ वर्षका फे लिनले आफु सुतेको बेलामा चोरहरुले आफ्नो लिंग चोरेर लगेको बताएका छन् ।

 आफु निदाएको बेलामा चोरहरु जबरजस्ती कोठाभित्र पसेको र त्यसपछि आफ्नो टाउको झोलाले ढाकिदिएर लिंग काटेर लगिदिएको उनले पुलिससामु बताएका छन् । ‘उनीहरुले मेरो टाउकोमा झोला हालिदिए, त्यसपछि मेरो सुरुवाल तल झारिदिए र एकैछिनमा भागे’ उनी भन्छन् ‘त्यसबेला मलाई यति दुख्यो की मैले उनीहरुले के गरे भन्ने कुरा नै थाहा पाइन, पछि हेर्दा मेरो लिंग थिएन र काटिएको ठाउँबाट रगत बगिरहेको थियो ।’

 स्थानीय युवतीहरुसँग लिनले सम्बन्ध राखेको आरोपमा आक्रमणकारीहरुले उनको लिंग काटिदिएको प्रहरीको अनुमान छ । लिनले सम्बन्ध राखेका स्थानीय महिलाहरुलाई साँच्चीकै माया गरे आरिसे प्रेमीहरुले लिनको लिंग काटिदिएको बताइएको छ । तर लिंग चोर्नेको पत्तो भने पाउन सकिएको छैन । चोरिएको लिंग तथा लिंग चोरको खोजी भैरहेको भएपनि अहिलेसम्म केहीपनि फेला नपरेको प्रहरीको भनाइ छ ।

  • buddha
  • name