एनआरएनए साउदी अरबद्वारा थप ४ महिलाको उद्धार
रियाद । घरेलु कामदारका रूपमा साउदी अरब आएर दुख पाएर नेपाली दूतावास रियादको शरणमा पुग्ने मध्ये थप ४ जना महिलाहरूलाई एनआरएनए साउदी अरबले उद्धार गरेको छ । उसले महिलाहरुको उद्धार गरी आफ्नो नेपाली महिला उद्धार कोषबाट हवाई टिकट उपलब्ध गराउंदै स्वदेश फिर्तिमा सघाउ पुर्याएको छ । यी ४ महिलाको हवाई टिकट खरिद गर्न जनही ८ सय १० का दरले कूल ३ हजार २ सय ४० साउदी रियाल कोषबाट निकासा गरिएको छ ।
१९ जुलाईमा स्वदेश फिर्ता भएका उनीहरूसहित अब यस कोषबाट उद्धार गरिनेको संख्या २२ पुगेको छ । एनआरएन साउदी अरबले उद्धारा गर्ने महिलाहरुमा नवलपरासी धकदैयाकी ७ की ३४ वर्षीय अनिता चौधरी, गाइघाट-८, उदयपुरकी २७ वर्षीय अस्मिता सार्की, उर्लाबारी-४, मोरङकी ४२ वर्षीय चन्द्रकला भण्डारी र चार बर्ष अघि साउदी अरब आएको तर चार बर्ष काम गरेको कुनै तलब प्राप्त नगरेको र रित्तो हात स्वदेश भण्डारा-९, चितवनकी ४७ वर्षीय सितामाया तामाङलार्इ उद्धार गरेको हो ।

















