एन आर एन नर्थ वेष्टफालन जर्मनीको महत्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न
जर्मनी - एन आर एन नर्थ वेष्टफालन, जर्मनीका शिखर खड्काको संयोजक्त्व तथा केन्द्रिय उपाधक्ष्य कृष्ण प्रशाद गौतमको रोबहरमा बिभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न गरेको छ। दालवेग मुनस्टरमा सम्पन्न भएको बैठकमा राष्ट्रिय परिषद जर्मनकी महिला संयोजक श्रीमती कमला दाहालको संयोजक्त्वमा नेपाली नारीहरुको वार्षिक चाड हरितालिका (तीज) १७ सेप्टेम्बर २०१२ मा सबैलाई पायक पर्ने ठाउँ हेरी कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै सहयोग दाताहरुबाट बचत रकम “अपाङ्ग नवजीवन केन्द्र, जोरपाटी” लाई सहयोग गरिने निर्णय गरेको छ। त्यसै गरी उपस्थित सदस्यहरुको सर्ब सम्मतीबाट कलाकार सन्तोष गुरुङलाई उहाँको कलाकारिताले दिएको योगदानको कदर गर्दै साँस्कृतिक सचिबमा मनोनित गरिएको छ भने राष्ट्रिय परिषद जर्मनीका युवा संयोजक रण बहादुर साउदको एन आर एन नर्थ वेष्टफालन, जर्मनीमा भएका विद्यार्थीहरुसँग समन्वय गर्ने कार्यक्रमलाई एल. सि. सिले आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै हालै नेपालको म्याग्दी जिल्लामा आएको बाढी-पहिरोबाट दाना, तातोपानी, भुरुङ लगायत क्षेत्रका पीडितहरुलाई तत्काल राहत हुने गरी एन आर एन आर एन नर्थ वेष्टफालन, जर्मनी लगायत केन्द्रिय महानुभावहरुको तर्फबाट रकम सङ्कलन गरी युरोपियन हिमालयन एसोसियसनका अध्यक्ष मनकाजी नेपालीलाई ५१० युरो हस्तन्तण गरिनुका साथै एन आर एन नर्थ वेष्टफालन, जर्मनीका मिडिया संयोजक टेक नेपालीलाई अन्तराष्ट्रिय पत्रकार महा-संघ युरोपमा जर्मनको प्रतिनिधित्व गर्दै सदस्य हुनुभएकोमा वहाँलाई बधाई ज्ञापनका साथ खाता लगाई स्वागत गरिएको थियो।
बैठकमा एन आर एन नर्थ वेष्टफालन, जर्मनीले यस क्षेत्रमा भएका एन आर केन्द्रका आमन्त्रण गरेका उपाध्यक्ष कृष्ण प्रसाद गौतम, महिला संयोजक श्रीमती कमला दाहाल, युवा संयोजक रण बहादुर साउद, के.स. मनकाजी नेपाली, के. स. दाँयाराम पौडेल, भु. पु. के. स. मदन दाहाल र भु पु साँस्कृतिक सचिब सन्तोष गुरुङ् तथा एन आर एन नर्थ सचिब वेष्टफालन प्रकाश शर्मा, सदस्य उत्तम लम्साल, होम शर्मा लगायतको उपस्थिती थियो। बैठक पछि ईमेल मार्फत एन आर एन जर्मनीका अध्यक्ष पुष्प थापा ज्युले एन आर एन नर्थ वेष्टफालन समाजसेवी कार्य लगायत संगठनको हक हितको लागि महत्व पूर्ण निर्णय गरेकोमा आफु खुशी हुनु भएको र आगामी दिनमा अझ बढी सफलताको लागी शुभ-कामना ब्यक्त गर्नु भएको छ।


















