Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

थकाली सेवा समिति जापानद्धारा बाढि पिडित र सिराहा अग्नि प्रभावितलाई सहयोग

thakalisamaj

१८ जुलाई, टोक्यो । थकाली सेवा समिति जापानले सेती बाढि पिडीत र सिराहाको औरही आगलागी पिडीतलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जनहि ३०,८९४ रुपैया गरि जम्मा ६१,७९७ रुपैया(अक्षररुपि, एकसट्ठि हजार सात सय सन्तानव्वे) नेपाल रेडक्रस सोसाईटि मार्फत एक समारोहको आयोजना गरि उत्त रकम हस्तान्तरण गरेको हो ।

थसेस जापानका अध्यक्ष शरद कुमार गौचनद्धारा लिखित संन्देश संगै र उत्त राहत रकम, एड्स रोग नियन्त्रण संघ कास्किका अध्यक्ष तथा थसेस कास्किका उपाध्यक्ष विश्वमोहन गौचन र थकाली सेवा समिति कास्किका अध्यक्ष अम्वर तुलाचनले सामुहिक रुपमा नेपाल रेडक्रस सोसाईटी कास्किका अध्यक्ष रामप्रसाद ज्ञवालीलाई सम्बन्धित प्रभावित क्षेत्रमा पुर्याईदिनको लागि हस्तान्तरण गरेका हुन ।

रकम सहयोग संस्थाको तर्फबाट अध्यक्ष गौचनद्धारा लिखित उत्त संन्देशमा, स्वदेशमा परेको यस बिपत्तिको घडिमा संस्थाको च्यारिटि बजेटबाट राहत सहित मानयबिय यस पुण्य कार्यको लागि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै सम्बन्धित ठाउमै पुर्याएर यो सानै रकम भएपनि ठुलो सहयोग मिल्ने कुरा बिश्वास गरिएको कुरा उल्लेख गरिएको थियो ।

कार्यक्रममा एड्स नियन्त्रण संघ कास्किका अध्यक्ष तथा थसेस कास्किका उपाध्यक्ष बिश्वमोहन गौचनले थकाली सेवा समिति जापानले नेपालको यस बिपत्तिको बेलामा ठुलो गुण लगाएको र यस पुण्य कार्यको सहजकर्ताको भुमिका निभाउन पाएकोमा खुशि ब्यक्त गर्नु भयो । साथै थसेस जापानले बिदेशको अति नै प्रतिकुल अबस्था एवं जतिल परिस्थितिमा पनि स्वदेशमा आई परेको यस बिपत्तिमा सहयोग गरौं भन्ने भावना अति नै प्रशंसनिय रहेको र यस्ता कार्यको निरन्तरताको लागि पनि कामना गर्नु भयो ।

त्यसैगरि थसेस कास्किका अध्यक्ष अम्वर तुलाचनले बाढि प्रभावित क्षेत्र र आगलागिको सहयोगको लागि गरिएको सानै रकम भएपनि ठुलै राहत र हौसला मिल्ने कुरा बताउनु भयो ।

यस रकम हस्तान्तरण कार्यक्रमका सभापति तथा नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष रामप्रसाद ज्ञवालीले यस राहत रकम संम्बन्धित क्षेत्रमै पुर्याईने र यसले प्रभावितहरुको जिविकापार्जनमा सहयोग पुग्ने बिचार ब्यक्त गर्नु भयो । उहाले थसेस जापानका कोषाध्यक्ष तथा आर्थिक संकलन संयोजक बुद्धि गौचन, अध्यक्ष शरद कुमार गौचन सहित सिङ्गो संस्थालाई नै धन्यबाद दिदै हालसम्म बिभिन्न स्वदेश तथा बिदेशका ९२ वटा संस्थाबाट ठुलो राहत संकलन प्राप्त भएको र अझै आउने क्रम पनि जारि रहेको बताउनु भयो । हालसम्म संकलित राहतको ५०% बढि प्रभावित क्षेत्रमा पुर्ण ब्यबस्थितका साथ बितरण भईसकेको र बाकि राहत रकम पनि बितरणकै क्रममा रहेको जानाकारि गराउनुभयो ।

साथै उहाका अनुसार बैशाख २३ गते सेती नदीमा आएको बाढीमा परि १ जना बिदेशी नागरिक सहित २८ जनाको मृत्यु घोषणा भएको छ भने, अझै ३० जना बेपत्ता रहेको कुरा पनि बताउनु भयो । त्यसैगरि सिराहाको औरहिमा भएको आगलागिबाट ३ हजार घर ध्वस्त हुनुका साथै १ हजार ५ सय परिवारका ५ हजार भन्दा बढि प्रभाबित भएका छन भने ४० करोड बढि क्षति भएको अनुमान छ भन्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष दन्डराज शर्माको स्वागत मन्तब्य र सोसाईटिकै खेमराजको संचालन रहेको यस कार्यक्रममा सोसाईटी सदस्यहरु, थसेस कास्किका सदस्यहरु, पत्रकारहरु तथा बुद्धिजिवि एवं अन्य महानुभावहरुको ठुलो सहभागिता रहेको थियो ।

 

  • buddha
  • name