Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

थसेस जापानको समर वार्वेक्यु आईतबार

Thasesa_logo

टोक्यो । थकाली सेवा समाजको आयोजनामा आईतबार जुलाई १५ हुने समर वार्वेक्यु (बनभोज) कार्यक्रमको तयारी पुरा भएको छ । आइतवार सिनकिबास्थित समुन्द्रको नजिकै, मनोरम दृष्यालोवकनसंगै हरियाली बार्बेक्यु स्पटमा हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक नपेन्द्र भट्टचनद्धारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ । भट्टचनका अनुसार, थसेस जापानको बार्षिकि कार्यक्रम मध्ये कै एक महत्वपुर्ण यस समर वार्वेक्यु कार्यक्रम, बिगत डेढ दशक अघि देखी निरन्तर प्रत्येक बर्ष जापानबासी नेपाली माझ बृहत्तर रुपमा सम्पन्न हुदै आईरहेको कुरा जनाउनु भएको छ ।

अति नै गुणस्थरिय र उत्कृष्ठ मासुको परिकार तथा भरिपुर पेय पदार्थ एवं विविध मनोरञ्जनात्मक कार्यक्रम संगै हार्दिक स्वागत गरिन्छ बिज्ञप्तिमा भनिएको छ । साथै, बिभिन्न माध्यम मार्फत यस सुचना, सु-सुचित गरिएको भएपनि औपचारिक रुपमै संस्थाका अध्यक्ष शरद कुमार गौचनले जापानबासी सम्पुर्ण नेपालीहरुलाई पुन हार्दिक खुल्ला निमन्त्रणा गर्नु भएको छ ।

कार्यक्रमको बिवरण
कार्यक्रम बिवरण : समर बार्वेक्यु (बनभोज) कार्यक्रम
मिति : जुलाई १५, २०१२ (आईतबार)
समय : बिहानको १०:०० बाट, दिउसो १५:०० सम्म
स्थान : तोरिचु युमेनो सिमा कोएन (गत बर्ष आयोजित स्थल)
स्टेशन : सिन्किबा – सव्ओए युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन
(सिन्किबा स्टेशनबाट बार्वेक्यु स्थल सम्म करिव हिडेर १० मिनेट मात्र)
प्रवेश शुल्क : ३,५०० एन (पुरूष) र ३,००० एन (महिला) सहयोग स्वरुप
थप बिस्तृत जानाकारिको लागि

बार्बेक्यु जानाकारि (फेसबुक)

  • name