Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

नेपाली जनसम्पर्क डटकमको शुभारम्भ

nepalijanasamparka.com-inaguration

नेपाली काँग्रेसको गतिविधि र यसको भातृसंस्था नेपाली जनसम्पर्क समितिहरुको गतिविधिलाई समेटेर नेपाली जनसम्पर्क डटकम नामक न्यूज अनलाईनको शुरुवात गरिएको छ।
नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले औपचारीक रुपमा नेपाली जनसम्पर्क डटकमको शुभारम्भ गर्नुभयो। पूर्वी नेपालको पहाडी गन्तव्य भेडेटारमा नेपाल प्रेस यूनियन केन्द्रिय समितिले गरेको एक कार्यक्रममा महामन्त्री सिटौलाले अनलाईनको शुभारम्भ गर्नुभएको हो। महामन्त्री सिटौलाले अनलाईनको शुभारम्भ पछि यसको सफलताको कामना पनि गर्नुभएको छ।
अनलाईनका सम्पादक तथा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य अजयवावु शिवाकोटीले संसारभर छरिएर रहेका नेपाली काँग्रेसका शुभेच्छुक समर्थक र कार्यकर्ताहरुलाई यो अनलाइनको माध्यमबाट जोड्न सकिएमा ठूलो उपलव्धी हुने वताउनुभयो।
प्रेस यूनियनका अध्यक्ष किरण पोखरेल, महासचिव शिव लम्साल, उपाध्यक्षद्धय वद्रि सिग्देल, हेमन्त काफ्ले लगायत पदाधिकारीले अनलाईनको सफलताको कामना गर्नुभएको थियो। प्रेस यूनियन केन्द्रिय समितिले पनि अनलाईनको सफलताको कामना गरेको छ।

  • name