Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

मिस नेपाल यूएसएको अन्तिम प्रतिस्पर्धामा २८ जना

missusa212

काठमाडौं, असार ३१ – मिस नेपाल यूएसए २०१२ का अन्तिम प्रतिस्पर्धी छनौट गरिएको छ। अन्तिम प्रतिस्पर्धाका लागि अमेरिकाका १४ राज्यबाट २८ युवती छानिएको आयोजकले बताएका छन्। जुन २ देखि अमेरिकाका मुख्य सहरहरुमा भएडको अडिसनबाट उनीहरु छानिएका हुन्।

मिस नेपाल यूएसएको ताजका लागि अगस्ट ११ मा अन्तिम प्रतिस्पर्धा हुनेछ। जर्ज म्यानसन युनिभर्सिटीको जोन्सोन सेन्टरमा हुने फाइनल इभेन्ट हेरेपछि जजहरुले यो वर्षको लागि मिस नेपाल युएसए छान्नेछन्। ‘इभेन्टमा नेपाली कला र संस्कृति प्रस्तुत हुनेछ र बौद्धिक, प्रतिभाशाली र सुन्दरताको लागि ताज प्रदान गरिनेछ’, मिडिया संयोजक जली अमात्यद्वारा जारी प्रेस नोटमा भनिएको छ।

  • buddha
  • name