सुमार्गीसँग किनेको सेयर उपेन्द्र महतोले एनसेललाई विक्री गरे, हेलो नेपालमा एनसेलको ७५ प्रतिशत
काठमाडौं । प्रचण्ड नजिकका व्यापारी अजय सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट प्रा.लि.मा फिनल्याण्डको कम्पनी टेलियासोनेराले महत्वपूर्ण सेयर हिस्सेदारी खरिद गरेको छ । फिनल्याण्डको कम्पनी टेलियासोनेरा एबिको ७४.५ प्रतिशत सेयर हिस्सेदारी भएको टेलियासोनेरा एशिया होल्डिङस वी.भीले नेपाल स्याटेलाईट कम्पनीको सेयर किनेको हो । एशिया होल्डिङस वी.भीमा बाँकी २५.५ प्रतिशत सेयर कजाक कम्पनी भाइजर गु्रपको छ ।
२६ अप्रिल २०१२ मा भएको कारोवार अनुसार टेलियासोनेराले उपेन्द्र महतो को साइप्रसी कम्पनी एअरवेलबाट सेयर किन्नका लागि १८ करोड स्वीडिश क्रोनर अर्थात तीन अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको थियो । कम्पनीको अहिले मूल्यांकन झण्डै १८ अर्ब रुपैयाँ बराबर छ । तस्वीरमा अजय सुमार्गी र उपेन्द्र महतो
नेपालको नम्वर १ टेलिकम कम्पनी एनसेलमा एशिया होल्डिङस वी.भी.को ८० प्रतिशत सेयर साझेदारी छ । बाँकी २० प्रतिशत सेयर गैरआवासिय नेपाली निरजगोविन्द श्रेष्ठले उपेन्द्र महतोको कम्पनी सिनर्जी नेपालबाट यही वर्ष किनेका थिए । कम्पनीले नेपाल स्याटेलाइटमा ७५ प्रतिशत सेयर हिस्सेदार भएको साइप्रसको एअरवेल सर्भिस लिमिटेड कम्पनीमा थप ४९ प्रतिशत सेयर किनेको हो । यसअघि सन् २०११ मा कम्पनीले एअरवेलको ५१ प्रतिशत सेयर किनेको थियो ।
टेलियासोनेराले ५१ प्रतिशत सेयर खरिद गर्दा नेपाल स्याटेलाईटमा एअरवेलको जम्मा ५० प्रतिशत सेयर हिस्सा थियो । अहिले एअरवेलको नेपाल स्याटेलाईटमा ७५ प्रतिशत हिस्सा छ भने साइप्रसको कम्पनी एअरवेलमा टेलियासोनेराले पूर्ण नियन्त्रण जमाएको छ ।
साइप्रसमा खोलिएको कम्पनी एअरवेल सर्भिस लिमिटेडमा सुरुमा उपेन्द्र महतोले लगानी गरेका थिए । नेपाल टेलिकमलाई घेर्न र फ्रिक्वेन्सी होल्ड गर्न महतोले सुमार्गीलाई लगानी दिएर नेपाल स्याटेलाइट कम्पनी स्थापना गरेका हुन् । माओवादी अध्यक्ष प्रचण्डका प्रधानमन्त्री हुँदा र महत्वपूर्ण सहयोगी कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा प्रचण्डका अर्का विश्वासपात्र व्यापारी सुमार्गीले आफ्नो लगानी देखाउँदै ‘हेलो ब्राण्ड’मा नेपाल स्याटेलाइट कम्पनी स्थापना गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री, महत्वपूर्ण सहयोगी कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा प्रचण्डका विश्वासपात्र व्यापारी सुमार्गीले ‘हेलो ब्राण्ड’को नेपाल स्याटेलाइट कम्पनी स्थापना गरेका थिए, सुमार्गीलाई महतोले लगानी दिएका हुन । यो कम्पनीमा सुमार्गीकी श्रीमती अस्मिता सुमार्गी अध्यक्ष छिन् ।
मध्यपश्चिमलाई आधार बनाएर स्थापना गरिएको यो कम्पनीमा सुमार्गीकी श्रीमती अस्मिता सुमार्गी अध्यक्ष छन् । विजमाण्डू डटकमलाई प्राप्त जानकारी अनुसार अब नेपाल स्याटेलाइट कम्पनीमा व्यापारी अजय सुमार्गीको २५ प्रतिशत सेयर मात्र रहनेछ, बाँकी सम्पुर्ण सेयर टेलियासोनेरा एशिया होल्डिङ्सको हुनेछ । साढे दुई महिना अघि २६ अप्रिल २०१२ मा भएको कारोवार अनुसार टेलियासोनेराले एअरवेलको सेयर किन्नका लागि महतोलाई १८ करोड स्वीडिश क्रोनर अर्थात तीन अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको थियो । कम्पनीको अहिले मूल्यांकन झण्डै १८ अर्ब रुपैयाँ बराबर छ ।
अप्रिलमा नेपाल स्याटेलाइट(हेलो मोवाइल)को सेयर अप्रत्यक्ष रुपमा एनसेलले खरिद गरेपछि हेलो नेपालका सबै कामदार हटाइएको थियो । अहिले नेपाल स्याटेलाईटमा एक जना मात्र प्रवन्धक छन भने बाँकी सबै काम एनसेलले गर्दै आएको छ ।
अहिले नेपाल स्याटेलाईटको सबै काम एनसेलकै हेडक्वाटर रहेको कृष्णटावरबाट हुने गरेको छ ।
एनसेललाई सामान सप्लाई गर्ने जेडटिईले नै हेलो नेपालको पनि इन्जिनियरिङ मेन्टिनेन्स एग्रिमेन्ट अन्र्तगत हेलो नेपालको मेन्टिनेन्स र अपग्रेडको काम गरिरहेको छ । त्यसै गरी नेपाल स्याटेलाईटको सबै काम एनसेलकै हेडक्वाटर रहेको कृष्णटावरबाट हुने गरेको छ ।
कृष्ण टावरमा एक जना इन्जिनियरलाई हेलो नेपालको सबै काम हेर्ने गरी जिम्मा दिइएको स्रोतले जानकारी दियो । अहिले दुवै कम्पनीको कानूनी सल्लाहाकारको जिम्मा सर्वोच्च अदालतका न्यायाधिश भरतराज उप्रेतीका छोरा अनुप उप्रेतीले गरिरहेका छन् ।
एनसेलको आम्दानी १७ अर्ब
बिजमाण्डू डटकमले प्रक्षेपण गरेबमोजिम एनसेलले नेपालमा सन् २०१२ को पहिलो छ महिनामा १६ अर्ब ६७ करोड ७४ लाख रुपैयाँ आम्दानी गर्दै नेपालमा कारोवार रकमका आधारमा सबैभन्दा ठूलो कम्पनी बनेको छ । यही यही गतिमा कारोवार गरे सन् २०१२ मा ३६ अर्ब रुपैयाँ कमाउने छ । त्यही प्रतिश्पर्धी कम्पनी नेपाल टेलिकमले ३४ अर्ब रुपैयाँको हाराहारीमा आम्दानी गर्नेछ ।

एनसेलले सन् २०१२ को जनवरी – जुन महिनामा कम्पनीले एक अर्ब ३३ करोड स्वीडिश क्रोनरको कारोवार गरेको छ ।
















