Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

समुन्द्री किनारमा लुकाउनुपर्ने अङ्ग देखाउनेलाई प्रहरीले नछाड्ने

sunbathing_in_a_beach

१८ साउन, एजेन्सी । फ्रान्सको राजधानी शहर पेरिस मानिसहरूको सपनाको शहर हो । हरेक मानिस एकपटक त्यहाँ पुगेर त्यहाँको मनोरम वातावरणमा रमाउन चाहन्छ । गर्मीमा त्यहाँका समुन्द्री तथा नदीका किनारमा हुने मानिसको चहलपहलले चर्चा नै पाउने गरेको छ । यस्तो मानिसको चहलपहल हुने ठाउँमा केही मानिसले सनबाथको नाममा आफ्ना शरिरका लुकाउनुपर्ने अङ्ग समेत देखाएर बसिरहेका हुन्छन् । यसले गर्दा त्यहाँको वातावरण नै असहज हुने हुँदा त्यहाँको प्रहरीले यस्तो क्रियाकलाप गर्नेलाई प्रक्राउ गरी जेल हाल्ने चेतावनी समेत दिएको छ ।
प्रहरीको अफिसियल वेबसाइटमा जारी गरिएको सूचनामा यदी सनबाथीङ्का क्रममा कसैले आफ्नो वक्षस्थल या अन्त लुकाउनुपर्ने अङ्ग देखाए एक वर्षसम्मको जेल सजाय गरिने बताएको छ । साथै प्रहरीले यदी कसैले उत्तेजक तथा अमिल्दो लुगा लगाए ३८ युरो देखी ३,७५० यूरोसम्म जरिवाना गरिने चेतावनी दिएका छन् ।

  • buddha
  • name