ओलम्पिकमा पिसाब, कोक र खानेकुरा एकैठाउँमा…(फोटोसहित)
२८ साउन, एजेन्सी । जारी लण्डनमा ओलम्पिकमा परिक्षणका लागी लिइएको खेलाडीको पिसाब र रगत, खानेकुरा र कोक एउटै फ्रिजमा राखिएको सार्वजनिक भएको छ । विज्ञहरूहरुले यस घटनालाई ओलम्पिक आयोजकले निकै नै सामान्य रूपमा लिइएको टिप्पणी गरेका छन् । एउटै फ्रिजमा खेलाडीका रगत र पिसाब राखिएको छ भने त्यसको सँगै खानेकुरा र कोक तथा पानी पनि सँगै सोहि फ्रिजमा राखिएको छ । उक्त फ्रिजमा ६ हजार २ सय ५० वटा रगत र पिसाबका स्याम्पल रहेका छन् ।
यस घटनालाई केहि मानिसहरुले गम्भिर लापरबाही भनेपनि यसले अन्य असर भने नगर्ने बताएका छन् । रगत र पिसाब अन्य खानेकुरामा मिसिन नसक्ने भएका कारन यसले कुनै असर नगर्ने उनीहरुको भनाई छ ।
हेरौ पिसाब, रगत, खानेकुरा एकैठाउँमा राखिएको फ्रिजका केही दृश्यहरू…
















