Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

खनालले पनि गाडी फिर्ता गरे

jhalanath khanall

काठमाडौं, साउन १२ चौतर्फी विरोध हुन थालेपछि राजनीतिक दलका शीर्ष नेताले धमाधम सरकारी सुविधाको गाडी फिर्ता गर्न थालेका छन् ।

पछिल्लोपटक एमाले अध्यक्ष झलनाथ खनालले पूर्वप्रधानमन्त्रीको हैसियतमा राज्यले दिएको सुविधाको गाडी फिर्ता गर्नुभएको छ । खनालले चमेलिया जलविद्युत आयोजनाको बा ६ च १०२६ नम्बरको प्राडो गाडी चढ्दै आउनुभएको थियो । गाडी आजै प्रधानमन्त्री कार्यालयमा बुझाइने खनालका सहयोगी रामबाबु अधिकारीले जनकारी दिनुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्रीको हैसियतमा प्राप्त सुविधाको गाडी फिर्ता गरेपछि अरु दलका नेताले पनि गाडी फर्ता गर्न थालेका हुन् ।
यसअघि हिजोमात्र पूर्वप्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपाल र काँग्रेस उपसभापति एवम् पूर्वसभामुख रामचन्द्र पौडेलले सुविधाको गाडी फिर्ता गर्नुभएको थियो ।  पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन गाडी र आवास सुविधा दिने सरकारी निर्णयको चौतर्फी विरोध भइरहँदा गाडी फिर्ताको क्रमले तीव्रता पाएको हो ।

  • buddha
  • name