सरकार बिरुद्ध आन्दोलनरत १७ युवा-विद्यार्थी बालुवाटार घेराउ गर्दै
काठमाडौं,: भदौ,३ – सरकार बिरुद्ध आन्दोलनरत १७ युवा, विद्यार्थी संगठनहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग्दै आन्दोलनरत यवा विद्यार्थी संगठनहरुले पूर्व घोषति कार्यक्रम अनुसार प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । बालुवाटार धेराउ गरेपनि धेरै ढोका भएकाले प्रधानमन्त्री भट्टराईलाई आवागमन गर्न भने कुनै समस्या नरहेको बताइन्छ । युवा, विद्यार्थी संगठनको बिरोध प्रदर्शनलाई ध्यान दिँदै बालुवाटार आसपास क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । युवा विद्यार्थी संगठनहरुले आजै राष्ट्रपति डाक्टर रामवरण यादवसँग पनि भेट गर्दैछन । एकतर्फी रुपमा मतदान गरेर सरकारको विपक्षमा धेरै जनमत रहेकोबारे राष्ट्रपतिलाई जानकारी गराउने यूवा संघ नेपालले जनाएको छ । सरकार बिरुद्धको आन्दोलन अन्तर्गत युवा विद्यार्थी संगठनहरुले केही दिनअघि देशव्यापी नमूना मतदान गरेका थिए । नमूना मतदानमा १५ लाख २६ हजार ८ सय ३५ जना सहभागी रहेकोमा १४ लाख ८७ हजार ३ सय १० जना राष्ट्रिय सहमतिको सरकारको पक्षमा देखिएका छन् । १९ हजार ८ सय १ मत वर्तमान सरकारको पक्षमा खसेको र बाँकी मत भने बदर भएको युवा संघले जनाएको छ ।














