Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

ज्ञानेन्द्रको संम्बोधनको ड्राफ्ट माधव नेपालले तयार परेको खुलासा

madhab-kumar-nepal2

३१ असार,चितवन । एमाले नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले संसद पुनस्थापनाको लागि राजाले २०६३ सालमा गरेको अन्तिम सम्वोधनको ड्राफ्ट आफूले तयार पारेको बताएका छन् ।

शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो खूलासा गरेका हुन् ।
गिरिजाबाबु र एमाले महासचिवको हैसियतल मैले संसद पुनःस्थापना गर्ने संबोधनको बिषय मिलर तयार पारेको हो- उनले खुलाए। तर उनले ज्ञानेन्द्रसंग राजा राख्ने कुनै सहमित नभएको प्रष्ट पारे ।ज्ञानेन्द्रसँग त्यस्तो कुनै लिखित सहमति छ भने देखाउन समेत उनले चुनौती दिए ।
पूर्व राजाको संबोधनमा ‘हाम्रा प्यारा जनताहरु र पशुनाथले कल्याण गरुन्’ भन्ने बाहेक सबै गिरिजाबाबु र मैले तयार गरेर पढ्न लगाएका हौं,’ उनले भने । उनले ज्ञानेन्द्रलाई हावादारी कुरा नगर्न समेत चेतावनि दिए । ज्ञानेन्द्र प्रति निकै आक्रोशित देखीएका उनले गिरिजबाबु नभएपनि आफू त्यसको साक्षी रहेको बताए।
उनले नेपालमा फेरी राजतन्त्र आउन नसक्ने दावी गरे।
नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईको समेत विरोध गर्दै उनलाई सत्तामा रहने नैतिक अधिकार नरहेको समेत दावी गरे।

  • name