पेप्सीको बोतलमा भेटियो फोहर
३१ असार,बर्दिया । बर्दिया भुरिगाँउको एक खाजा पसलमा पेय पदार्थ पेप्सीको बोतलमा फोहरको लेदो फेला परेको छ । भुरीगाँउको नेउलापुर स्वास्थ्य चौकी गेट अगाडी रहेको नास्ता पसलमा पेप्सीको बोतल भित्र फोहर लेदो फेला परेको हो । स्थानीय रामजानकी माध्यमिक विद्यालयका शिक्षक राघवराज लामिछानेले पिउन लागेको पेप्सीको बोत्तलभित्र फोहर लेदो देखेपछि घटना सार्वजनिक भएको हो । पेप्सीको बोत्तलमा एक हप्ता अघि नै फोहोर भेटिएपनि आइतबार मात्र सार्वजनिक भएको हो ।
आजभोली अरु बोतलमा पनि यस्तै फोहर भेटिन्छ की भनेर हेरेरमात्र दिने गरेको छु । बोतलमा उत्पादन मिति प्रष्टसँग देखिँदैन, मुल्य रु. २२ र त्यसको तल ११११, ००११ मधुरो गरी लेखिएको देखिन्छ । पेप्सीको माथि पट्टिको बिर्कोमा उत्पादन मितिले ६ महिना भित्र पिउन उपयुक्त हुने लेखिएता पनि उत्पादन मिति भने प्रष्टसँग लेखिएको छैन ।












