Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

युएईको एक कम्पनीमा आगलागी एक नेपालीको मृ्त्यु

aaglagi_in_uae_killed_one_nepali

२९ जेठ, युएई । युएईको सारजाहा सिटि नजिकै रहेको इन्डिस्ट्रिज एरीया न. ६ स्थित एभरेष्ट इन्डिस्ट्रिजमा गत शुक्रबार आगलागी हुदा सर्लाही धनगढा गाविस बुनर्वाका २७ बर्षीय आत्माराम राईको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा ४ बर्ष अगाडी युएई आएका राईका घरमा २ भाईका साथमा बाबु आमा छन् । राई कम्पनी भित्र पाउडर कटिङको काममा कार्यरत थिए । पाउडर कटिङ गर्दा अनुहार बाधी कालो चस्मा लगाई बन्द कोठा भित्र काम गर्नु पर्ने हुन्छ । उनी काम गरिरहेको अवस्थामा कम्पनीको अगाडिको भागबाट आगो सुरु भई अकस्मात छिट्टै नै चारै तिर फैलिन गएकोले राईले आफ्नो ज्यान बचाउन नसकेको कम्पनीले जानकारी राईको भिनाजु नागेन्द्र (0556769012)लाई गरेको भुवन गुरुङले बताएका छन् ।
युएईको कानुन अनुसार् डेथ सर्टिफिकेट नभै कानुनु प्रक्रिया अगाडी बढाउन नमिल्ने भएको हुँदा कम्पनी अस्पतालबाट डेथ सर्टिफिकेटको पर्खाइमा रहेको छ । डेथ सर्टिफिकेट हात पार्न साथ कानुनी प्रक्रिया पूरा गरि छिटो मृतक राइको शव परिवारलाई सुम्पिदिने जानकारी कम्पनीका एच.आर. डीपाटका स्टाफ जलिलले गुरुङलाई बताएका छन् साथै मृतकका भिनाजु नागेन्द्रले पनि कम्पनीमा खोज खबर गरि रहेको जानकारी आएको छ ।  यसैबिच नेपाली राजदुतावासले आवस्यक सहयोग गर्ने बातएको छ भने Dhading wellfare Asociation UAE को तर्फबाट साथै युएईमा रहेका संघ सस्थाहरुले आवस्यक सहयोग पुर्याउने भुबन गुरुङ्ले बताएका छन् ।
  • name