Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

संविधानसभाको चुनावमा गईन्छ तर एकल जातीय संघियता स्वीकार गरिंदैन:खनाल

jhalanath khanall

काठमाडौ, २३ श्रावण, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कुनै पनि हालतमा जातीय संघीयता स्वीकार्ने पक्षमा नरहेको बरु आफूहरु अव संविधानसभाको निर्वाचनका पक्ष्मा रहेको बताएका छन् । दलहरुबिचको नयाँ सहमतिबाट संविधानसभाको निर्वाचनको मिति घोषणा गरेर जान सकिने भन्दै खनालले एमाले कहिल्यै पनि एकल जातीय पहिचानको पक्षमा नरहेको दावी गरेका छन् ।

आज पत्रकारहरुसंग कुरा गर्दै देश सन्चालनको चावी कसले कसलाई दियो भन्ने कुरा प्रधानमन्त्री बाबुराम भट्टराईले स्पष्ट पार्नुपर्ने र यदि त्यसो नगरे पदमा बस्ने कुनै हैसियत नभएको बताएका छन् ।
माओवादीले युद्धका बेला भारतसंग सम्झौता गरेको कुरा सत्य भए एमाओवादी देशद्रोही साबित हुने दावी गर्दै त्यो प्रमाणित भए माओवादीसँगको सबै सम्बन्ध अन्य हुने चेतावनी समेत दिएका छन् ।
मधेशी दल र माओवादीको एकलकाँटे गठबन्धन मुलुकका लागि भार भएको भन्दै खनालले तत्काल नयाँ सिराबाट सहमति भई सहमतिकै सरकार बन्नु पर्ने जिकिर गरेका छन् । आगामी बन्ने सरकार एमालेको नेतृत्वमा बन्न सक्ने सम्भावना रहेको पनि खनालले बताएका छन् ।
  • buddha
  • name