सर्लाहीका नब्बे घर डुबानमा
सर्लाही, ३१ असार। शनिबार रातीदेखि परेको अविरल बर्षाका कारण सर्लाहीका ९० घरधुरी डुवानमा परेका छन्। खोलामा पानीको बहाव बढेसँगै बाढी घरघरमा पसेको घर डुवानमा परेकेा हो। स्थानीयबासीहरु अहिले सुरक्षित स्थानमा भेला भएर बसिरहेकाछन्। कर्मैयाको खोला नियन्त्रण समितिले खोला नियन्त्रणका लागि कुनै चासो नदेखाएकोले समस्या उत्पन्न भएको उनीहरुको आरोप छ।
त्यस्तै वर्षासँगैआएको बाढीले नारायणखोलामा एक वर्ष अघि निर्माण गरीएको एउटा इनार र कल बगाएपछि खानेपानीको समस्या हुने भएको छ। परिवर्तन नेपालको आर्थिक सहयोगमा गत जेठ महिनामा नारायणखोला-८ सत्रकठ्ठामा ४० हजारको लागतमा निर्माण गरीएको इनार तथा कल गयरातीडाइनी खोलामा आएको बाढीले बगाए पछि स्थानीयमा खानेपानीको समेत समस्या देखिने भएको छ।


















