Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

सुगुरले लिङ्ग टोकेर एक व्यक्तिको ज्यान गयो

sugur1

सिन्धुली, असार २८, सिन्धुली जिल्लामा सुँगुरले लिङ्ग टोकेपछि एक जना मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुली निपाने गाविस-३ घर भएका  ५६ बर्षीय टेकबहादुर सार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । उनका छिमेकी ध्रुबबहादुर पूर्वछानेले पालेको सुँगुरले लिङ्ग टोकिदिँदा सार्कीको मृत्यु भएको हो । घटनापछि सार्कीको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

 उक्त सुँगरलाइ कसैले हानेर जिस्काएको हुन सक्ने र त्यसपछि बिच्किएर उक्त सुँगुरले मानिस बसिरहेको ठाउँमा गएर टेकबहादुरको लिङ्ग टोकिदिएको हुन सक्ने प्रहरीले बताएको छ ।

 छिमेकी ध्रुबबहादुर पूर्वछानेले पालेको भाले सुँगुर मृतक टेकबहादुले पालेको पोथीसंग खेल्न जाने र अत्यन्तै दुख दिने गरेको छिमेकीहरूले बताएका छन् । गाउँका छिमेकीहरूले १।२ दिनमा नै त्यो पोथी काटेर मासु खाने विचार गर्दैथिए । तर यसो गर्नु अगाडिनै सार्कीलाई सुँगुरले टोकेर मारिदियो, एक छिमेकीले बताए ।

  • buddha
  • name