Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

हिसिलाले रहर गरेपछि

hisila

 प्रधानमन्त्रीपत्नी हिसिला यमीले पत्रकारहरूको नेतृत्व गर्दै चीन भ्रमणमा जाने रहर गरेपछि भ्रमण सुरु नहुँदै विवाद उत्पन्न भएको छ। चीनले हिसिला यमीको नेतृत्वमा पत्रकारहरू सीताराम अग्रहरि, अजय राणा, अजयभद्र खनाल, कसमस विश्वकर्मा, किशोर नेपाल, सुधीर शर्मा, अखिलेश उपाध्याय किशोर श्रेष्ठ, तीर्थ कोइराला, महेन्द्र विष्ट र शिव गाउँले तथा प्रचण्ड–बाबुरामका फोटो ग्राफर दिनेश श्रेष्ठ र हिसिला यमीकी सहयोगी अरुणा रायमाझीलाई साउन ३२ गतेदेखि दश दिनसम्म चीनको भ्रमण गराउने कार्यक्रम बनाएको छ। हिसिला यमीले आफू ८ मार्च र अंकुश मासिक
पत्रिकासँग सम्बद्ध रहेको दाबी गर्दै पत्रकारका रूपमा चीन भ्रमण गर्ने रहर गरेकी हुन्। त्यसरी प्रधानमन्त्रीपत्नी तथा माओवादी नेतृ हिसिलाको नेतृत्वमा चीन भ्रमण गर्ने कार्यप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाउँदै आफूसम्बद्ध पत्रकारहरूलाई त्यस्तो भ्रमणमा सामेल नहुन निर्देशन दिएको छ। यसरी मिडिया सोसाइटीले आपत्ति जनाएपछि पत्रकारहरू अजयभद्र खनाल, कसमस विश्वकर्मा, सुधीर शर्मा, अखिलेश उपाध्याय, तीर्थ कोइराला र महेन्द्र विष्ट भ्रमणमा नजाने सम्भावना बढेको छ। सुधीर शर्मा र अखिलेश उपाध्यायले गत सोमबार चिनियाँ राजदूतावास गई आफूहरू हिसिलाको नेतृत्वमा चीन भ्रमणमा सामेल हुन नसक्ने जानकारी गराएका छन्। उनीहरूले पत्रकारहरूको बेग्लै टोली बनाएको अवस्थामा मात्र चीन जाने जानकारी चिनियाँ दूतावासका अधिकारीहरूलाई दिएका छन्। प्रधानमन्त्रीपत्नी अर्थात् प्रथम महिलाले पत्रकारको रूप धारण गरी विदेश भ्रमण गर्न खोजेको नेपालको इतिहासमा पहिलो घटना हो। हिसिलाको यस्तो प्रयासलाई कूटनीतिक, राजनीतिक र पत्रकारिता क्षेत्रले हास्यास्पद मानेको छ। –ghatana bichar

  • buddha
  • name