बडा प्रहरी कार्यालय विर्ताले विशेष सुराकीको आधारमा मोटर साइकलको सिट मुनी सेटिंग गरेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ८ किलो तयारी चाँदीको गहनासहित एक युवकलाई नियन्त्रणमा लिएको हो ।
छिमेकी मुलुक भारतको रक्सौलबाट ना १६ प ३५४६ नम्बरको मोटर साइकलमा वीरगंजतर्फ आउँदै गर्दा वीरगंज उपमाहानगरपालिका–१० स्थित गहवा माई मन्दिर पछाडिबाट मोटर साइकलसहित पक्राउ गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक सुजन जोशीले जनाएका छन ।
उक्त अवैध चाँदीको ८ किलो तयारी गहनासहित पक्राउ पर्नेमा बारा जिल्ला ईटियाही गाविस– ७ निवासी राज किशोर सरार्फका छोरा बर्ष १७ को हरिओम सरार्फ रहेको बिर्ता प्रहरीले जनाएको छ ।
बरामद भएको चाँदीको बजार मुल्य करिव ८ लाख रहेको र अवैध सामानसहित पक्राउ परेका सर्राफलाई सामानसहित वीरगंज भन्सार कार्यालयमा बुझाइने तयारी भै रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक जोशीले बताएकाछन ।
प्रहरी नियन्त्रणमा रहेका सरार्फको चाँदीको पसल वीरगंज माईस्थान गहवा मन्दिर पछाडी रहेकाले सोही पसलमा पु¥याउने क्रममा प्रहरीले सरार्फलाई सामानसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले जनाएका छन ।
अवैध चाँदीका सामानसहित पक्राउ परेका सरार्फले आफुलाई मोटर साइकलको भित्र उक्त सामान रहेको जानकारी नभएको प्रहरी समक्ष संचारकर्मीहरुलाई बताएका छन ।