१० महिनाको बच्चा बिष्णुमतीमा फाल्ने बाबु पक्राउ
श्रीमतीसँगको झगडा पछि १० महिनाको बच्चा बिष्णुमतीमा फाल्ने बाबु पक्राउ परेका छन् ।काठमाडौँ महानगरपालिका १६ सुकुम्बासीटोल बालाजुमा बस्ने हरिबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । मगरले गएराति ९:३० बजे १० महिनाको छोरा अभिषेकलाई विष्णुमतिमा लगेर फालेको प्रहरीले बताएको छ ।
प्युठान स्थायि घर भएका ३८ वर्षीया मगरले बच्चा बिष्णुमतिमा फालेको खबर प्रहरीकहाँ पुगेपछि प्रहरीले बच्चाको उपचारका लागि जनमैत्री अस्पताल बालाजुमा पुर्याएको थियो । मगरले श्रीमतीसँगको झगडापछि १० महिनाको शिशुलाई लगेर विष्णुमतिको किनारमा फालेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बालकको स्वास्थ्य अवस्था ठिक भइसकेको छ ।















