अवैध क्रियाकलापमा संलग्न ७७ जना पुर्पक्षका लागि जेल चलान
चितवन,८ असार-चितवन राष्ट्रिय निकुञ्ज भित्र विभिन्न अवैध क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका मध्ये ७७ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जले जनाएको छ । जेल चलान गरिएकामा पाँच जना महिला पनि छन् । पछिल्लो वर्षमा गैंडाको खाग चोरी तस्करी , विभिन्न जंगली जनावर मारेको तथा काठ तस्करीमा संलग्न रहेको आरोप गरी ६६ मुद्धाका ७७ जनालाई जेल चलान
गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकवहादुर कार्कीले जानकारी दिनुभयो । पछिलले समयमा संरक्षण अभियान प्रभावकारी पारिएकाले चोरीशिकारीमा समेत कर्मी आएको उहाँको भनाई छ ।
















