Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

‘बुद्धका पाइलाहरु’ निर्माण

budha

गौतम बुद्ध नेपालमै जन्मिएको विभिन्न तथ्य प्रमाणहरुसहित तयार गरिएको ‘बुद्धका पाइलाहरु’ नामक वृत्तचित्र आज राजधानीमा विमोचन गरियो । वृत्तचित्रमा बौद्ध–धर्मावलम्वीहरुको आस्था, श्रद्धा र विश्वासको केन्द्रविन्दु गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बौद्ध धर्म र नेपाललाई चिनाउने विभन्न ठाउँहरु समावेश गरिएका छन् ।

आधा घण्टा लामो यो वृत्तचित्र नेपाली, अंग्रेजी र जापानी भाषामा रहेको छ । अन्य विभिन्न भाषामा पनि अनुवाद गरेर गौतम बुद्ध नेपालमै जन्मिएको कुरा विश्वभरी नै सन्देश दिने उद्देश्य राखिएको छ । डुलसेट मुभिजको ब्यानरमा निर्माण गरिएको यो वृत्तचित्रको लेखन तथा निर्देशन मणिराज अर्यालले गरेका हुन् ।

  • name