रेखाले झापड हानिन् पनि एक, खाइन् पनि एक
साउन, काठमाडौ / विभिन्न कारण चर्चामा आइरहने रेखा फेरी चर्चाको शिखरमा चुलिएकी छिन् । बेला-बेलामा उपद्रो मच्चाइरहने रेखाले यसपटक भने आफूसँगै एक पत्रकारलाई चर्चामा ल्याइदिएकी छिन् । उनले गत आइतबार एक पत्रकारलाई कुटेकी छिन् भने सोही पत्रकारबाट कुटिएकी पनि छिन् ।
उनले सौर्य दैनिकका पत्रकार चिरिञ्जीवि पौडेललाई झापड हानेकी हुन् । सौर्य दैनिकका पत्रकार पौडेलले गाइजात्राको अवसर पारेर लेखेको ‘रेखाको थापाको मिनिस्कर्ट रहस्य’ गाईजात्रे हास्यव्यङ्गले आफ्नो चरित्र हत्या गरेको भन्दै पौडेललाई झापड हानेकी हुन् । उनले पौडेललाई पौडेलकै कार्यकक्षमा गएर झापड लगाएकी हुन् ।
उनले गाइजात्रामा हास्यव्यङ्ग्य लेख्ने अधिकार सबैलाई भएपनि पौडेलले लेखेको भाषाले आफ्नो चरित्र हत्या गर्ने काम गरेकाले आफूले पौडेललाई झापड हानेको स्विकार गरेकी छिन् । पौडेलको कार्यकक्षमा एक पत्रकार सँगै पुगेकी उनको पत्रकार पौडेलसँग पहिले भनाभन भएको थियो । यसै क्रममा पौडेलले आफूले उक्त हास्यब्यङ्ग्य कल्पना गरेर लेखेको बताएका थिए । यस लगत्तै रेखाले पनि आफूले पनि कल्पना गरेको भन्दै झापड हानेकी थिइन् । पौडेलले पनि झापड खाएको झोकमा रेखालाई झापड हानेका थिए ।
यो झापड काण्डले कहाँसम्मको दूरी तय गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
















