Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

श्रीमती त अर्कासँग गई गई, वर्षौंदेखि दुःखले कमाएको धनपैसा पनि गयो

REALnews logo

पर्वत, पाङका दीपक चापागाईं हिजोआज निकै तनाबमा छन् । वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार गएर हालै घर फर्केकाउनी घर फर्केको एक महिना नबित्दै बेनीमा सामान्य व्यापार गरी बस्दै आएकी आˆनी श्रीमती अर्कैसँग भागेपछि तनाबमा परेका हुन् ।दीपक कतारबाटएक वर्षपछि घर फर्केका थिए । उनकी श्रीमती मञ्जु गत असार ३१ गते दुई छोरीलाई अलपत्र छाडेर भिनाजु नाता पर्ने राजु पौडेलसँग भागेकी हुन् । उनीतीन तोला सुनका गहना र १७ हजार रुपैयाँ लिएर हिँडेको दीपकको भनाइ छ । ‘एक वर्षको अवधिमा मैले कतारबाट पठाएको रु सात लाखमध्ये रुदुई-तीन लाखको मात्र हिसाब पाएको छु, उनको खोजीका लागि प्रहरीमा हुलियासहित जाहेरी दिएको छु  दीपकले बताए ।

यस्तै कुवेतबाट २०६७ साल माघमा फर्केका पिप्ले गाविस-३ गैरीगाउँका क्षेत्रबहादुर जिसी आˆनी बेपत्ता श्रीमती केशकुमारीको खोजीमा थिए । तीनवर्षपछि घर र्फकेका जिसीकी श्रीमती २०६७ साल पुस २ गतेदेखि दुई छोरा र दुई छोरीलाई अलपत्र छाडेर हराइन् । घर र छिमेकीको रु दस लाख र पाँचतोला सुन लिएर फरार भएकी श्रीमतीको खोजीमा प्रहरीले पहल नगरेको पीडा जिसीले बेनीमा पत्रकार सम्मेलन नै गरेर पोखेका थिए । भारतमा बाह्र रकुवेतमा तीन वर्ष कमाइ गरेर ल्याएको सबै रकम लिएर श्रीमती फरार भएपछि घर फर्किंदा न विदेशमा दुःख गरेर कमाएको रकम, न त श्रीमती नैसाथमा-क्षेत्रबहादुरले सञ्चारकर्मीसँग बिलौना गर्दै भने । श्रीमती त अर्कासँग गई गई, वर्षौंदेखि दुःखले कमाएको धनपैसा पनि गयो, कसरी बालबच्चापाल्ने, बुढेसकालमा न श्रीमती, न सम्पत्ति नै- उनको थप दुःखेसो थियो ।

यी त प्रतिनिधि घटनामात्र हुन्, जसले विप्रेषण -रेमिट्यान्स)सँगै पारिवारिक विखण्डन पनि ल्याउँदैछ भन्ने स्पष्ट झल्को दिएको छ । अर्थोपार्जनकानिम्ति श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीका लागि जानु नेपाली युवा र समाजको बाध्यताजस्तै बनेको छ । वैदेशिक रोजगारले धेरैलाई फलिफाप बनाएपनि कसैका लागि भने अभिशाप नै बनेको छ । युवा उमेरका जोडी लामो समयसम्म छुट्टएिर बस्नुपर्दा त्यसले अनेकौँ समस्याका साथै सामाजिक एवम्पारिवारिक विखण्डनसम्म निम्त्याएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार बिदेसिएकाहरुले पठाएको रकमबाट स्वदेशमा बस्नेले विलासीजीवनशैली अपनाउने, परपुरुष-परस्त्रीसँगको सम्बन्ध बढाउनेजस्ता विकृति देख्न थालिएको छ । वैदेशिक रोजगारबाट व्यक्तिको आर्थिक हैसियत हृवात्तैबढ्ने र सम्पत्तिको सही सदुपयोग हुन नसक्दा केही मानिसलाई विचलितसमेत बनाएको उहाँ बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालयमा हराएको मानिस खोजीका लागि पर्ने उजुरी सङ्ख्या बढ्दो रहेको, जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा पनि उकालोलागेको र बिदेसिएका श्रीमान्ले घरमा श्रीमतीलाई रकम पठाउने र घर आउँदा श्रीमती र सम्पत्ति पनि केही नहुने समस्या बढ्न थालेपछि पछिल्लोसमयमा विदेशबाट संयुक्त खातामा रकम पठाउने क्रम पनि बढ्दो रहेको बताइएको छ । म्याग्दीका १४ हजार युवा वैदेशिक रोजगारीमा रहेको एक सरकारीतथ्याङ्कले देखाएको छ ।म्याग्दी प्रहरीमा आव ०६८/६९ मा ५६ जना हराएको भन्दै खोजी गर्नका लागि उजुरी परेको र त्यसमा २६ महिला थिए ।हराएका महिलामध्ये चार जनामात्र भेटिएको जानकारी प्रहरी नायब उपरीक्षक आचार्यले दिनुभयो । यसैगरी अघिल्लो आव ०६७/६८ मा ३६ जनाहराएकामा महिला सङ्ख्या १६ थियो भने पाँचजना महिला पछि प्रहरी र परिवारको सम्पर्कमा आएका थिए ।

अहिले वैदेशिक रोजगारका कारण बिथोलिएको परिवारलाई मिलाउनु टाउको दुःखाइको विषय बनेको, १६ देखि ४५ वर्ष उमेरका व्यक्ति हराउने गरेका रप्रायःजसो उजुरी वैदेशिक रोजगारीबाट फर्केकाहरुले आˆना श्रीमान् वा श्रीमती हराएको भनेर दिने नै बढी रहेको प्रहरीको भनाइ छ ।हराएको भनी खोजीकालागि उजुरी आए पनि वास्तवमा अधिकांश महिला एवम् पुरुष दोस्रो विवाह गरी भागेको पाइने गरेको प्रहरीको अनुभव छ । प्रहरी निरीक्षक प्रेम थापाश्रीमती धनमाल लिएर हराएको भनेर उजुरी आउने क्रम बढेको बताउनुहुन्छ । म्याग्दी प्रहरीमा केही महिनाअघि एउटा यस्तै उजुरी आयो । भारतीयसेनाका जागिरे बरङ्जाका एक युवकले आˆनी श्रीमती धनसम्पत्ति हिनामिना गरी हराएको भन्दै खोजी गरी पाउ भनी उजुरी दिएका थिए । प्रहरीलेउजुरीपछि मोबाइलकललाई आधार बनाएर खोजी सुरु गर्‍यो

  • buddha
  • name