Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

इन्डोनेशियामा १० लाख भन्दा बढि अश्लील वेभसाइट बन्द

indo

इन्डोनेशियाको संचार तथा सूचना मन्त्रालयले १० लाख भन्दा बढि अश्लील वेभसाइट बन्द गरिदिएको छ। रमजानको पवित्र इस्लामिक महीना सुरु हुनु भन्दा अगाडि मन्त्रालयले ति वेभसाइट बन्द गरिदिएको हो।

मन्त्री टिफाटुल सेम्बिरिङले भने  ’हामी रमजानको समयमा अरू यस्ता थप वेभसाइटहरू बन्द गर्नेछौं, तर यसको मतलब यो होइन कि बाँकी चार महिनामा यी साइटहरू निर्वाध चल्नेछन्। उनको भनाइअनुसार ति बन्द गरिएका वेभसाइटहरु विदेशबाट संचालित हुने गर्दथे।

मन्त्रीले बताए अनुसार संसारभरिमा लगभग दुइ अरब वेभसाइटहरूले अश्लील सामग्रीहरू प्रशारण गर्ने गर्दछन्। यसलाइ रोक्न सर्वसाधारणहरूको पनि सहभागिता हुनु जरूरी छ। उनले भने, ‘अनलाइन अश्लील साहित्य एक उद्योग हो र प्रस्तुतकर्ता सधै पक्राउ पर्नबाट जोगिने बाटो खोज्दछ’।

इन्डोनेशियामा रमजान १९ जुलाई बाट शुरू हुन लागेको छ ।

  • buddha
  • name