ओलम्पिक क्षेत्र सेक्स भिलेज बनेपछि खेलाडीका लागि १ लाख कण्डम
एजेन्सी ।९ दिन मात्र बांकि रहंदा ओलम्पिक खेलकुद क्षेत्र ओलम्पिक भिलेज कामुक महिला र पुरुष खेलाडीका लागि एउटा यौन मेलाको रुपमा परिणत हुंदै गएको छ । इएसपिएन स्पोर्टस च्यानलले गरेको एक अध्ययनले ओलम्पिक भिलेजमा यौन गतिविधि ज्यादै धेरै हुनेगरेको छ ।
ओलम्पिक भिलेजमा खेलाडीबीच यौन व्यवहार सामान्य विषय बनिसकेको इएसपिनले उल्लेख गरेको छ । त्यसैले गर्दा लण्डन ओलम्पिक पनि यसको अपबाद नहुने इएसपिएनले दावी गरेको छ । इएसपिएनले विश्व खेलकुदको सवभन्दा ठूलो महोत्सव ओलम्पिक र खेलाडीबारे केही सनसनीपुर्ण तथ्य सार्वजनिक गर्ने क्रममा लन्डन ओलम्पिकका लागि आयोजकले नै १ लाख कण्डम मगाईसकेको बताएको छ ।
सिडनी ओलम्पिक २००० मा अधिकारीहरुले भिलेजका लागि सुरुमा व्यवस्था गरेको ७० हजार कण्डम सकिएपछि थप २० हजार कण्डम व्यवस्था गर्नुपरेको थियो । त्यसपछिका संस्करणमा १ लाख कण्डम सामान्य हुन थालिसकेको अध्यनमा उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार खेलाडीले विभिन्न उदेश्यले यौनमा लिप्त हुने गरेको पाईएको छ। ओलम्पिक भिलेज क्षेत्रमा विगतका ओलम्पिक संस्करणहरुमा समेत दर्जनौं खेलाडीका जोडि यौनमा लिप्त भएको अवस्थामा भेटिएको इएसपिएनले उल्लेख गरेको छ ।

















