कुन मौसममा मन लाग्छ बढी सेक्स गर्न ?
हुन त मानिसहरु भन्छन्, बर्षका कुनै दिन, कुनै मौसम त्यस्तो हुँदैन जुन सेक्स इच्छा नहुने दिन । अर्थात भनिन्छ, महिला वा पुरुष दुबैलाई जुन मौसममा पनि सेक्सको इच्छा हुन्छ । तर अध्ययनले देखाएको छ, गर्मी मौसममा महिलालाई बढी यौनेच्छा हुन्छ । शरद ऋतुमा पुरुष र बसन्त ऋतुमा महिलालाई बढी सेक्स गर्ने इच्छा जागृत हुने पछिल्लो अनुसन्धानले देखाएको छ । नर्वेको त्रोम्सो विश्वविद्यालयले गरेको अनुसन्धानले पुरुषको तुलनामा महिलाहरु गर्मी मौसममा सेक्स मन पराउँछन् । महिला पूरुषको यौनेच्छा डिसेम्बर महिनामा कम हुने अध्ययनले देखाएको छ । अनुसन्धान भन्छ, महिलाको सेक्स इच्छा प्रकाश र सुर्यको किरणका आधारणमा निर्धारण हुन्छ । सुर्यको प्रकाश तेज भएको बेला महिला बढी यौनमा रमाउँछन् ।
अप्रिल र अगस्टमा पुरुषलाई बढी यौन इच्छा हुने अध्ययनले देखाएको छ । अनुसन्धानमा लागेका डा. क्राल ओर्न स्टोकनका अनुसार उल्लेखित समयमा मानव शरीरमा इन्डोरफिल्स नाउँको हर्मोन पैदा हुन्छ, जसले यौनेच्छालाई उच्चतम विन्दुमा पुर्याउँछ ।

















