रूकुम घटना- ५ जनाको मृत्यु १ जना अझै वेपत्ता

२०७७ जेठ १९ गते ३:२८ Realkhabar

पश्चिम नेपालको रूकुम चौरजहारीमा भएको घटना जसमा छिमेकी जाजरकोट जिल्ला निवासी २१ बर्षिय नबराज विकसहित ५ जनाको मृत्यु भैसकेको छ भने १ जना अझै नजिकैको भेरि नदिमा वेपत्ता रहेको वताईएको छ । जाजरकोट स्थित सोती गाउमा आफ्नी प्रेमिकालाई लिन १८ जना साथीहरू लिएर त्यसतर्फ गएका नवराजको समुहलाई उनकी प्रेमिकातर्फका मानिसहरूले आक्रमण गर्दा आफ्ना ५ जना साथीहरू गुमाउनु परेको छ । अन्तर्जातिय प्रेम सम्वन्धममा रहेका नबराज १६ बर्षिया सुष्मा मल्लकै निमन्त्रणमा भगाएर विवाह गर्ने उदेश्यले साथीहरूसँग त्यहॉ पुग्दा प्रेमिकापक्षबाट भएको आक्रमणमा नबराजसहित उनका ५ जना साथीहरूको मृत्यु भएको छ एक जना अझै वेपत्ता छन् । केही भागेर बच्न सफल भएको प्रारम्भिक जानकारी छ । यस विषयमा घटनाको छानविन गरिरहेको एक कमिटीका सदस्य पुष्प वादी, चौरजहारीकै पत्रकार राजु लामिछाने र जाजरकोटका पत्रकार जनक केसीसँग गरिएको कुराकानी ।

GlobalTalk

Posted by Realkhabar.com on Friday, May 29, 2020