पहिलो नेपाली वकिल खगेन्द्र क्षेत्रि र ३ दशकदेखी सन्चालनमा आएको क्षेत्री एण्ड एशोसिएटस

२०७७ जेठ २० गते २३:१० Realkhabar
नेपालीहरुको अमेरिका प्रवेशको इतिहाँस करिव पाँच दशकको छ । त्यतिवेला अमेरिकामा औलामा गन्य नेपालीहरु रहेको बुझिन्छ । त्यो वेलामा नेपालीहरुको व्यवसायिक पहिचान त्यति सम्भव हुने कुरै भएन । तर समय गतिशिल र परिवर्तनशिल छ । सन १९७९ मा नेपालमा ल क्याम्पसबाट अध्ययन एवं पेशाको अभ्यास गरेपछि उच्चशिक्षा हासिल गर्ने उद्देश्यले सन १९८३ मा अमेरिकामा प्रवेश गर्नुभएका एकजना विद्यार्थी अर्थात हाल कानून व्यवसायको पहिचान वनाउनुभएका खगेन्द्र जिसी जसले सन्चालनमा ल्याएको क्षेत्रि एण्ड एशोसिएटसको स्थापनाले कानूनी सेवामा छुट्टै पहिचान वनाएको छ । कोलम्विया युनिभर्सिटीबाट मास्टर्स र फोर्डम युनिभर्सिटीबाट जुरिस डाक्टर गर्नुभएका क्षेत्रिले सन १९८६ मा न्युयोर्कमा लिगल डिफेन्स एण्ड एजुकेशन फण्डमा ल वकर्सका रुपमा काम गनुभयो ।  त्यतिवेलास्वेत र अस्वेत वर्गका मानिसहरुले सँगै एउटै विद्यालयमा भर्ना हुने व्यवस्था थिएन । उनीहरुलाई समान व्यवहारको व्यवस्था थिएन । यसै सन्दर्भमा अमेरिकी विद्यालयमा हुने भेदभाव, रंगभेद, मृत्युदण्ड, मतदानको अधिकारका विषयमा वकालत गर्ने काम पनि गर्नुभयो क्षेत्रिले । कानून व्यवसायी खगेन्द्र क्षेत्रिले उक्त ल फर्ममार्फत गरेको सेवालाई उहाँको व्यक्तिगत उपलव्धीको रुपमा मात्र हेरिएको छैन यसले आप्रवासिको हकमा विशेष कानूनी सेवा पुर्याएर उनीहरुमाझ छुट्टै परिचय पनि स्थापित गरिसकेको छ । अमेरिकाको हकमा सन् १९८७ मा लाईसेन्स प्राप्त गर्नुभएका जिसीले ५ देखी ६ महिनासम्म जागिरको रुपमा अभ्यास गरेपछि आफैले ल फर्म शुरु गरेर कानूनी सेवा सन्चालन गर्नुभयो क्षेत्रि एण्ड एशोसिएटसमार्फत ।
शुरुका दिनमा साथीहरुसँग मिलेर संघर्ष गर्नुभएका उहाँले क्षेत्रि एण्ड एशोसिएटसको नामबाट कानूनी सेवा शुरु गरेको ३ दशक नाघि सकेको छ । सेवाको क्रममा कानून व्यवसायिहरुको रेटिड गर्ने संस्था सुपर लयर्सबाट २०१४ देखी लगातार सुपर लयर्सको उपाधी  हासिल गरिरहनुभएका खगेन्द्र क्षेत्रि र उहाँको ल फर्मले अमेरिकी समुदायमा पनि छुट्टै पहिचान बनाएको छ । क्षेत्रि एण्ड एशोसिएटस नेपालीहरुको हकमा सेवा लिने आफ्नो ठाउ मात्र वनेन समुदायकै गर्व गर्ने आधार समेत वनेको छ ।
नेपाली कानून व्यवसायीमाझ पहिलो कानून व्यवसायिको पहिचान वनाउनुभएका क्षेत्रिले ले सन्चालनमा ल्याएको ल फर्मले फुल सर्भिस प्रदान गर्दै आएको छ ।
नेपालमा प्रजातन्त्रको उदयसँगै अमेरिका भित्रीने नेपालीहरुको संख्यामा वृद्धि भयो । खुला विदेशभ्रमणले अमेरिका पुर्याएको नेपालीहरुको संख्या माओवादी समस्यादेखी अमेरिकी सरकारले शुरु गरेको डिभिलटरीले थप उकालो लाग्यो । कतिपय त सिमा पार गरेर पनि अमेरिका छिर्न थाले । क्षेत्रिद्धारा सन्चालनमा ल्याएको क्षेत्री एण्ड एशोसिएटस नेपाली लगायत आप्रवासीहरुको आकर्षकको केन्द्र वन्दै गयो । उक्त ल फर्मले नेपालमा पनि आफ्नो सेवा विस्तार गरयो । नेपालको काठमाडौस्थित कमलादीमा रहेको हेरिटेज प्लाजाको चार तलामा नेपाल शाखामार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ । नेपालमै भएकाहरुलाई पनि अन्तराष्टिय कानूनी सेवा पुरयाउन सफल क्षेत्रि एण्ड एशोसिएटसको सेवाबाट नेपालमै रहेका धेरै नेपालीहरु पनि लाभान्वित भएका छन् ।
कार्यक्षेत्र
क्षेत्रि एण्ड एशोसिएटसले मुलधारको कानूनी सेवा सँगसँगै इमिग्रेसनको सेवा सन्चालन गरिरहेको छ ।
 उक्त ल फर्मको कार्यक्षेत्रको हिसावमा
इमिग्रेसन IMMIGRATION
 इनर्जि एण्ड इन्फास्टक्चर  ENERGY AND INFRASTRUCTURE
 विजनेश ल एण्ड कन्ट्याक्टस BUSINESS LAW AND CONTRACTS
 सिभिल एण्ड क्रिमिनल लिटिगेसन CIVIL AND CRIMINAL LITIGATION 
 वकर्स कम्पान्सेसन WORKERS’ COMPENSATION
 पर्सनल इन्ज्यूरि PERSONAL INJURY 
 रियलस्टेट एण्ड व्याक्क्रप्सि REAL ESTATE & BANKRUPTCY
 स्टेट एण्ड फेडरल अपिल STATE AND FEDERAL APPEALS
 क्रस वोडर म्याटर CROSS-BORDER MATTERS
 लगायत क्षेत्रहरु पर्दछन ।
शूरुमा कानून व्यवसायी साथीहरुसँग मिलेर अभ्यास शुरु गर्नुभएका कानून व्यवसायी क्षेत्रिले सन्चालन गर्नुभएको क्षेत्री एण्ड एशोसिएटसमा हाल १५ जना कर्माचारीहरु रहेको जहाँ अधिकांस नेपालीहरु कार्यरत छन । क्षेत्री एण्ड एशोसिएटसले व्यवसायिक उद्देश्यका साथै सोसल वर्कर अर्थात सामाजिक सेवाको हिसावले पनि काम गरिरहेको उक्त ल फर्मका सन्चालक क्षेत्री वताउनुहुन्छ । फ्रि अर्थात निशुल्क सेवासँगै केसहरुको प्रकृतिको आधारमा न्युनतम शुल्क लिएर कानूनी सेवा दिईरहेको उहाँ वताउनुहुन्छ । आफ्नो ल फर्मले १ हजार डलर देखी केश हेरेर शुल्क निर्धारण हुने उहाँले जानकारी दिनुभयो ।  आफुले दिईरहेको कानूनि सेवा अरुले नदिएको भन्ने होइन तर लामो अनुभव र ग्राहकको सेवालाई सर्वोपरि ठानेर काम गर्ने गरेको वताउनुहुन्छ । हालसम्म हजारौं केसहरुमा सेवा दिईसकेको वताउने क्षेत्रीले गा्रहकको सेवालाई प्राथमिकतामा राखेर सेवा गरिरहेको वताउनुहुन्छ ।
हुनत वर्तमान आधुनिक शिक्षित समाजमा मानिसहरु ल फर्मको सेवा नलिई केहि काम आर्फैे गरेको पाईन्छ । ग्रिनकार्डदेखी नागरिकता र स्पोन्सर गर्ने क्रममा ल फर्मविना आफैले अध्ययन गरेर सरकारी वेवसाईटको मद्दतबाट फारम भर्ने र प्रोसेस गर्ने गरेका पनि छन । यसबारे कानून व्यवसायी जिसीको सुझाव यस्तो छ , केहि कुरा आफैले पनि सकिन्छ नसकिने होइन तर आफैले गर्ने नाममा धेरैको केश जटिल वन्ने र लाग्ने पैसाभन्दा वढि खर्च हुने गरेको उनको अनुभव छ । यसप्रकारका गुनासाहरु लिएर अन्तिम अवस्थामा ल फर्मसँग आउने गरेको कानून व्यवसायी जिसी वताउनुहुन्छ । अझै पनि नेपालीहरुको केशमा डकुमेन्टेसन गर्ने भन्दा भनेर वोलेर प्रस्तुत हुने संस्कार छ । व्यवसायिक सोचको विकास भैसकेको छैन । कानूनी सेवाकै लागि व्यवसायिकरुपमा काम गरिरहेका ल फर्म र कानून व्यवसायीहरु यसमा विकल्प वन्न सक्छन । उनीहरुको अध्ययन र कार्यक्षेत्रको अनुभव व्यक्तिगत तवरबाट गरिने प्रयासभन्दावढि प्रभावकारी र परिणाममूखी हुने कुरामा धेरैले विस्वास गर्न सकिन्छ । कहिलेकाँही केस ल फर्मले गर्दा गर्दै पनि असफल हुनसक्छ । केसहरु असफल भएपछि ल फर्म अर्थात कानून व्यवसायीले असहयोग गरेका गुनासो पनि आउने गरेको वताउनुहुन्छ कानून व्यवसायी क्षेत्री तर वकिल अर्थात लफर्मले ग्राहकको केसलाई कति गम्भिररुपमा लागेर कानूनी सेवा दियो भन्ने महत्वपूर्ण कुरा हो ।  सतप्रतिशत सवै केस सफल हुन्छन र सवै सेवाग्राही सन्तुष्ट हुनसक्छन र हामीले गराउन सक्छौ भनेर दावी गर्न नसकेपनि सेवा लिने र दिने पक्ष एकआपसमा मिलेर गएपछि परिणामहरु सकारात्मक आउने र समस्याहरु समाधान हुने गरेको क्षेत्रि वताउनुहुन्छ । क्लाईनट अर्थात ग्राहक पनि आफ्नो केसमा इन्भल्भमेन्ट अर्थात संलग्न भएर अगाडी वढेमा परिणाम सकारात्मक आउने गरेको उहाँको अनुभव छ । ३५ बर्षको अभ्यास गर्नुभएका कानून व्यवसायी क्षेत्रि र ३० बर्षभन्दावढि अनुभव बटुलेको उहाँको क्षेत्रि एण्ड एशोसिएटस ल फर्म कानूनी सेवाको भरपर्दो विकल्पको रुपमा रहदै आएको छ । विशेषगरि आप्रवासीहरुको लागि त झनै आकर्षको थलो पनि वन्दै आएको छ जहाँ नेपालीहरु पनि पर्दछन् ।

Contact:

Manhattan Office:
363 7th Avenue, 15th Floor
New York, NY 10001
Phone: (212) 947-1079, Fax: (212) 947-1081
Chinatown office:
52 E Broadway, Suite 202
New York, NY 10002
Phone: (212) 343-3599
Fax: (212) 343-3798
Nepal Office:
Heritage Plaza, 4th Floor, Kamaladi
South Wing, Kathmandu, Nepal
Tel: 977-01-4169169, 977-01-4169170
Fax: 977-01-4169171, 977-9851131483