४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी व्यवसायी गौरी जोशीको जन्म भयो।परिवारको मियो ढलेपछि व्यवहार कसरी टार्ने र शिक्षादिक्षामा उनको परिवारलाई सकस हुनथाल्यो।सानै उमेरमा वुवा गुमाएका उनले अभावमै शंकरदेव क्याम्पसमा एमविएसम्म पढाउन सफल भए। पढाई सकेपनि नेपालमा रोजगारीको अभाव थियो।त्यसबाट उनीपनि अछुतो रहने कुरै भएन। साथीभाईहरुको लहलहैमा पढाई र आर्थिक जिवन उकास्नका लागि विदेश जाने सपना वुन्नथाले।अमेरिका आउने सपना वुनेर मात्र के गर्नु आर्थिक अभावले सजिलो थिएन। जग्गा बेचेर पढ्न जाने योजना घरमा सुनाए।पढाईसँगसँगै पैशा कमाउने कुरामा परिवारले उनलाई साथदियो।तर भिषा लगाउन सजिलो थिएन। तर भाग्यबस भिषा लाग्यो र पुख्र्यौली सम्पत्ति बेचर उच्चशिक्षा हाँसिल गर्ने शिलशिलामा उनी १९८७ मा अमेरिका छिरे ।कलेज भर्नाको लागि ल्याएको पैशा बाहेक उनीसँग २ हजार डलर हातमा बचेको थियो। काम नगरि सुखै थिएन। पढ्न आउने विद्यार्थीलाई काम गर्न सजिलो थिएन।शुरु एकदुई बर्ष हवाई राज्यमा बसेर पढे । काम पाउन गाह्रोभयो । इन्फरमेसन टेक्नोलोजी विषयमा अध्ययन गर्ने क्रममा उनी टेक्सास राज्यमा ओर्लिए ।पैशाकोसमस्यालेनिकैपिरोलिएकाउनलेपढाईसँगैकामको खोजीमा भौतारिनथाले । दिनभरि पढाई भएकोले उनले रातीको काम खोज्नुपर्ने वाध्यता थियो । उनले कामको शुरुवात ग्याँस स्टेसनबाट गरे ।दिनभरिको पढाई र रातभरिको कामको दैनिकी वन्यो । संघर्षका दिन सम्झदै उनी भन्छन, दिनभरिको ५० डलर कमाइ हुन्थ्यो जसमा काम, पढाई र डेरा गर्दा ४० डलर सकिन्थ्यो ।महिनाको २ सय डलर पर्ने एउटै कोठामा ८ जना मिलेर वस्थ्यौं । दिनभरिको पढाई र रातभरिको कामले थाकेको शरिर सुत्ने ठाउको अभावमा कैयौंपटक विरामी परेको सम्झन्छु ।सामान्यतय प्रवासको वसाई होमसिकबाट ग्रसित हुन्छ जुन मैले स्वयं भोगेको छु, शुरुताका त्यसै कम वोल्ने मान्छे कसैसँग वोल्न मन लाग्दैनथ्यो । खान रुच्दैनथ्यो । रातभरि निद्रा नलागेर नसुतेरै कलेज र काम गरे । आफुसँग वस्ने साथीहरु सवैको अवस्था निरस थियो । पढाई र कामले पेलेपछि विस्तारै होमसिक हट्दैगयो ।
आर्थिकस्तर कमजोर भएकाले घरमा फोन गरेर पैशा माग्ने वातावरण थिएन । यताको दुख घरपरिवारलाई सुनाउन मन लाग्दैनथ्यो । काम विना पढाई मात्र गर्न सम्भव थिएन ।त्यसैले दिनभरिको पढाई गरेपछि राती काम गर्नुपर्ने वाध्यता थियो । एउटा कोठामा ८ जनाको वसाई विस्तारै ४ जनामापुग्यो।
शुरुवातका दिनमा नेपालीहरु भेटन मुस्किल पर्दथ्यो । विद्यार्थीबाहेक दुईचार जना नेपालीहरुसँग भेट हुन्थ्यो ।कोठा खोज्न र विरामी पर्दा अस्पतालसम्म पुर्याएर सहयोग गरेको उनी सम्झन्छन । यातायातको सुविधा पनि उपयोग गर्न गाह्रो थियो । कानूनि हिसावले गाडी किन्न पनि सजिलो थिएन । ट्याक्सी चढेर काममा जानु परेको उनको अनुभव छ ।विस्तारै काम गरेको पैशा जोगाएर साथीहरु मिलेर जसोतसो एउटा पुरानो गाडी किनेको उनी सम्झन्छन, त्यहि गाडीले एकले अर्कालाई पिक गर्ने र डप गर्नेगथ्र्यौ।एउटै गाडी भएकोले कहिलेकाँही काममा समयमा पुग्न सवैलाई गाह्रो हुन्थ्यो।तर दुखसुख गरेर चलियो ।
यसरीनै उनले युनिभर्सिटी अफ डलासबाट इन्फरमेसन टेक्नोलोजीमा मास्टर्स गरे । पढाई सकेपछि उनले धेरै लामो समयसम्म ग्याँस स्टेसनमा काम गर्नुपरेन।पढाईको प्रमाणपत्रका आधारमा आईटी क्षेत्रमा लोकप्रिय कम्पनी एटिएनटीमा जागिर भेटाए । पढाई अन्तर्गतकै जागिरमा केहि बर्ष विताए ।१५ बर्षको संघर्षपश्चात उनले आफूले पढेकै क्षेत्रमा व्यवसायिक छवि वनाएका छन् । नेपालबाट जग्गा वेचेर पढनको लागि अमेरिका आईपुगेका उनले काम गरेर जोगाएको पैशा र क्रेडिटकार्डबाट श्रण निकालेर व्यवसायको शुरुवात गरे । आफूले पढेकै क्षेत्रमा काम गरेर अनुभव हाँसिल गरेका उनले २००७ मा ३० हजार डलरमा भास्तिका नामक आईटी कम्पनी शुरु गरे । १५ सय डलर भाडा तिरेर उनले दुईतीनजनाको नेतृत्व गर्दै सानो व्यवसाय शुरु गरे । भास्तिका नामक आईटी कम्पनी खोलेर उनी अहिले सफल व्यवसायीको रुपमा चिनिएका छन् । यस कम्पनीमार्फत
३० देखी ३५ मिलियन डलरको कारोवारो गरिरहेको वताए ।जोशीले नेपाली लगायत विभिन्न देशका ३०० भन्दा वढिलाई रोजगारी दिएको वताउछन जसमा ६० प्रतिशत नेपालीहरुले रोजगारी पाईरहेका छन् । उनले उत्पादन गरेका ५ हजारभन्दावढि जनशक्ति एटीएनटी, बैक, एयरलाइनदेखी वल्र्डवैक सम्मपुगेको जानकारी दिए ।युवा विद्यार्थीहरु विशेषगरि आईटी विषय पढेकाका लागि उनको थलो उपयोगी हुने वताउछन । एक घण्टाको ३५ देखी ४० डलरर अनुभवको आधारमा घण्टाको एक सय डलर कमाउन सकिने उनी वताउछन् । आईटी पढेकाहरुलाई तालिम प्रदान गरि बजारमा जागिर खोजिदिन उनको कम्पनीले सहयोग गर्ने गर्दछ । पछिल्लोसमयमा आईटीलगायत रियलस्टेट, हेल्थकेयर, शिक्षा हाइड्रो, होटल, रिटेलस्टोरहरुमा उनको लगानी रहेको वताए ।
व्यवसायिक छवि वनाएका जोशीले पछिल्लो पटक एनआरएनहरुको साझा संस्थामा संलग्नता जनाएका छन् ।न्याक नामक संस्थामार्फत २००५ तिर एनआरएनमा सहभागिता जनाउदै आएका उनी अहिले एनआरएनकै केन्द्रमा सचिव पदमा छन् । आमा समुह नामक संस्थामार्फत सामाजिक काममा हात हालेका उनले नेपालमा चेपाड वालवालिकालगायत असहायहरुको लागि २०१० बर्षदेखी बार्षिक एक करोड रुपैयाँको बजेट च्यारिटीका लागि खर्च गर्ने गरेको वताउछन् ।उनी बसोवास गर्ने डजासमा स्थापना भएको मन्दिरमा अग्रपंत्तिमा योगदान दिने उनले निकट भविश्यमा वन्ने मन्दिरको अर्को मेगा प्रोजेक्टको लागि ५० लाख नेपाली सहयोग गरेको घोषणा गरेकाछन् । व्यवसाय र सामाजिक दुवैक्षेत्रमा राम्रो छवि वनाएका उनको संघर्षकथा धेरैकालागि प्रेरणा वन्न सक्छ । उनको परिचय अझै फराकिलो वन्दै जाओस सफलताको शुभकामना ।
https://drive.google.com/file/d/1-MGkod8MJn4VEe-nUtjjEXtr8m-tSqN4/view?fbclid=IwAR367njpoXAQYDC4rFZVQ1cuA0nDNyoWlG4j1S0HIu58j8j6ct7ioFLO_gM
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft