रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती घटना प्रतिवेदन

२०७७ असार १ गते २२:५० राजु लामिछाने

रुकुम घटना  जातकै कारण हत्या भएको प्रहरीको दाबीगत जेठ १० गते शनिबारका दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटना जातकै कारण हत्या गरिएकोप्रहरीको अनुसन्धान प्रतिवेदनले देखाएको छ । आइतबार जिल्लाअदालत रुकुम पश्चिममा ३४ जनालाई प्रतिवादी बनाउँदै दायरभएको मुद्दाको अभियोग पत्रमा हत्याको मुख्य कारण जात नैभएको प्रहरीको दाबी छ । प्रतिवादीहरुको बयान, उनीहरुसँगको सम्पर्क, कल डिटेल प्रतिवेदन, घटनास्थल मुचुल्का, घटनास्थलको भौगोलिकपरिवेशलगायतको अनुसन्धानबाट उनीहरुको हत्या कुटपिटबाटैभएको प्रहरीको प्रतिबेदनमा उल्लेख छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार अनुसन्धान अधिकारीसमक्ष प्रतिबादी केहिले जातकै कारण प्रतिवादीहरुसँग मिलेर घेरा हालेरउम्कन नपाउने गरी लाठीले कुट्ने, ढुंगा प्रहार गर्नेगरेको देखिएको उल्लेख गरिएको छ । सोही कुटपिट र चोटका कारण नवराजसहित ६ जनाको ज्यान गएको अभियोगपत्रमा उल्लेख छ ।प्रहरी प्रतिवेदनअनुसार प्रतिवादी प्रकाशी मल्लले प्रहरी समक्षनवराज विकलाई जातीय अपहेलना गर्दै डुम भनी गालीगलौजगरेको कुरा स्वीकार गरेकी छन् । उक्त कुरा पोलिग्राफपरीक्षणबाट समेत पुष्टि भएको देखिन्छ । प्रतिवादीहरुको पोलिग्राफबाट नवराजलाई उनकी प्रेमिकाकोघर जाँदै गरेको देखेपछि एकआपसमा सल्लाह गरेर निगरानीगरेको र ३ किलोमिटरभन्दा टाढा पुगिसकेको अवस्थामानवराज सहितलाई लाठीले कुट्दै ढुंगा प्रहार गर्दै, लखेटेर भेरी नदीको किनारासम्म पुरयाइएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूमाथी लात, मुक्का र ढुंगा प्रहार भएको अभियोगपत्रमाउल्लेख छ । प्रहरीका अनुसार, भाग्दै नदीमा पसेकाहरुलाई नदीमा समेतढुंगा प्रहार गरेर हत्या गरिएको छ ।

अन्तरजातीय विवाहबाटछोरीलाई छुटाउन भरमग्दुर प्रयास गरेकै कारण ६ जनाकोज्यान गएको अनुसन्धान प्रतिवेदनले देखाएको छ । किशोरीकापरिवारले बैसाख १७ गते पनि नवराजलाई पक्राउ गरी चेतावनीदिएर प्रहरीलाई बुझाएको देखिएको छ । नवराजको घटनास्थलमै मृत्यु भएको अभियोगपत्रमा उल्लेख छ । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्र्षीयनवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीचको प्रेम सम्बन्धमातल्लोको जातको केटा भएको भन्दै किशोरीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ । त्यसपछि नवराजसहित १८ जनायुवालाई लिएर किशोरी लिन जेठ १० गते उनको घर जाँदापरिवार र स्थानीयले लखेटीलखेटी कुटेर हत्या गरेको आरोपलागेको छ ।घटनामा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरीनगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारीनगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा ज्यान गएकोछ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।आरोपितलाई मागदाबी गरिएको सजाय
घटनामा संलग्न रहेको अभियोगमा ३३ जनाविरुद्ध तीनवटा कसुर रएकजन विरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ । पक्राउपरेका सोती गाउँका २८ र फरार पाँच जना सहित ३३ जना विरुद्धकर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीनवटा कसुरमा अभियोग दर्ता भएको छ । त्यस्तै, पक्राउपरेका जाजरकोटका एकजना विरुद्ध मतियार कसुरमा अभियोग दर्ताभएको छ । पक्राउ परेका र फरार रहेकासमेत गरी ३४ जनामध्ये ३३जनालाई तीनवटा र एकजनालाई तीनवटै कसुरमा मतियार रहेकोअभियोग लागेको रुकुम अदालतका श्रेस्तेदार कृतबहादुर बोहरालेजानकारी दिए । उनका अनुसार ३३ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ ९२० अनुसार जन्मकैद, दफा ४१ ९क० ९ग० बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुतकसुर र सजाय ऐन २०६८ को दफा ३ ९१० र दफा ४, ५ को कसुरमा दफा ७ ९१० क बमोजिम कैद सजायको माग गरिएको छ । को को हुन् प्रतिवादीहरु रु चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोहीठाउँका डिल्लीबहादुर मल्ल ठकुरी, तुलबहादुर मल्ल,प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुरमल्ल, टोपबहादुर मल्ल, सविन पुनलाई प्रतिवादी बनाउनँदैमुद्दा दायर गरिएको छ । त्यसैगरी नवराजकी प्रेमिका भनिएकीकिशोरी, उनका बाबु वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल समेत प्रतिवादी छन् ।
त्यसैगरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल,हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुरमल्ल, रेशम बहादुर मल्ल, धनाराज राना, नविनकुमार घर्र्ती,विराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ललाईसमेत प्रतिवादी बनाइएको छ । तुलाराम घर्र्ती, डिल्ली घर्ती,लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा फरार भएकालेफरार बनाएरै मुद्दा दर्ता गरिएको छ । अन्य दुई नाबालककोनाम भने उल्लेख गरिएको छैन ।