जुममा एनआरएन अमेरिकाको साधारण सभा र ज्ञान सम्मेलन

२०७७ असार २० गते ०:३५ Realkhabar

एनआरएन अमेरिकाको नवौं साधारण सभा र ज्ञान सम्मेलन शुरु

रियलखबर ३ जुलाई
एनआरएन अमेरिकाको नवौं साधारण सभा र ज्ञान सम्मेलन आज शुक्रबार शुरु भएको छ ।
जुम प्रविधिमार्फत कार्यक्रममा उपश्थित माननीय परराष्टमन्त्री प्रदिप कुमार ज्ञवालीले कार्यक्रमको उदघाटन गर्दै कोरोनाको महामारीमा विदेशमा अलपत्र १६ हजार नेपालीहरुको उद्धार गरिसकेको वताए । भारतबाट अढाई लाख नेपालीहरु नेपाल भित्रिएको जानकारी दिदै हेल्थ प्रोटोकलले विदेशमा अलपत्र नेपालीहरुलाई उद्धार गर्न ढिला भएको वताए । कोरोनाको महामारीमा इपिसेन्टरको रुपमा रहेको अमेरिका लगायतसंसारभरका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गर्दै कोरोनाको महामारीमा नआत्तिन सवैलाई आग्रह गरे । समुदायमा संक्रमण फैलिन नदिन धेरै प्रत्यन्न गरिरहेको वताउदै यसले ल्याएको आर्थिक चूनौतीलाई मिलेर सामना गर्नुपर्ने आशा राख्नुभयो । नागरिकको स्वास्थ्यमा आएको चूनौतिसँगै रोजगारी परेको असरले मूलुक गम्भिर संकटमा पर्न सक्ने वताए ।

कोरोनाले विकासन्मुखमात्र हैन विकसित मुलुकहरुमा पनि यसको चूनौति परेकोले नेपालबाट रोजगारीका लागि विदेशिने वार्षिक ५ लाखको रोजगारी रोकिनुको साथै थप १० हजार रोजगारी गुमाएर फर्किरहेको अवस्थामा अव १५ हजारको रोजगारीको व्यवस्था गर्नुपर्ने भएकोले यसमा गैरआवासिय नेपालीहरुको सहयोगमा चूनौती सामना गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाई छ । यस्तो अवस्थामा सवैलाई सकारात्मक भई सुरक्षित हुनु पहिलो प्राथमिकता भएकोले आआफु सुरक्षित भई मुलुकको हितमा सहयोग गर्न अनुरोध गर्दै महामारीको समस्याको समाधान पनि भएर जाने विश्वास व्यक्त गरे ।
पूर्व परराष्टमन्त्री डा प्रकाशशरण महतले भारतबाट फर्किएका नेपालीहरुको समयमा उद्धार गर्न नसकेको र फर्किएको वेला पनि सुरक्षित अवस्थामा राख्न कोरेन्टाईनको भरपर्दो व्यवस्थापन गर्न नसक्दा कोरोनाको महामारी नेपालमा डरलाग्दोरुपमा फैलिएको वताए । आगामी अगष्टमा ७५ हजार नेपालीहरु कोरोनाबाट संक्रमण हुने अनुमानित तथ्याडक आईसकेकोले सरकारले यसलाई गम्भिररुपमा लिनुपर्ने धारणा राखे । नेपाल सरकारले तोब्बर भाडादर प्रयोग गर्ने र स्वास्थ्य सामाग्रीको आयातमा भष्टाचारलाई वढावा दिनतर्फ लागेको वताउदै यस्तो वेलामा सत्ताको चलखेलमा फसेको गम्भिर आरोप लगाए ।
कार्यक्रमका विशिष्ट अथितिको रुपमा रहेका नेपाली काग्रेसका नेता डा शेखर कोईरालाले दोहोरो नागरिकताको व्यवस्था अव सान्दर्भिक भएकोले यसको व्यवस्था गर्नुपर्ने वताए । कोरोनाको महामारीमा सुरक्षित रहने उपाए र व्यवस्थामा सवै चुकेको स्वीकार गरे । कार्यक्रममा एनआरएनका केन्द्रिय अध्यक्ष लगायत पूर्व परराष्टमन्त्री प्रकाशशरण महत, अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की, डेलिगेट एचबी भण्डारी लगायतको उपश्थिती रहेको थियो । वक्ताहरुले एनआरएनले पहल गरेको ज्ञान सम्मेलनको महत्वको विषयमा आ आफ्नो विचार प्रस्तुत गरेका थिए ।
आजबाट शुरुभएको एनआरएन अमेरिकाको नवौसम्मेलन भोली जुलाई ४ गते ज्ञान सम्मेलन हुदै जुलाई ५ मा समापन गरिने सम्मेलनका संयोजक एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्नुन बन्जाडेले वताए ।

https://www.facebook.com/watch/?v=559532224667043

]]