४०शवसँगै विदेशमा अलपत्र ३ हजारभन्दावढिको उद्धार

२०७७ असार ८ गते ०:२९ Realkhabar

रियलखबर २१ जुन -कोरोनाको महामारीका कारण विदेशमा अलपत्र ३ हजार ८ सय एक जनासँगै ४० वटा शवको उद्धार गरिएको छ । विदेशस्थित कुटनीतिक नियोग र एनआरएनको पहलमा उनीहरुलाई उद्धार गरिएको एनआरएनले जनाएको छ ।
हालसम्म नेपाल फर्किनेहरुमा कुवेतबाट ८ सय ९८ जना, मलेसियाबाट १ सय १८ जना, यूएईबाट ३ सय १७ जना, म्यानमारबाट २६ जना, ओमानबाट ३ सय १३ जना, कतारबाट ४४ जना, साउदीबाट १ सय ५३ जना, अफगानस्थानबाट १८ जना, हडकडबाट ७ जना, जापानबाट १३ जना र अष्टेलियाबाट ११ जना रहेका छन् । त्यसैगरि माल्दिभ्सबाट ३ सय ५ जना, श्रीलंकाबाट ५ जना, दक्षिण कोरियाबाट २ सय २८ जना, बंगलादेशबाट २ सय ५८ जना, थाईल्याण्डबाट २ सय ४८ जना, मम्वोडिया र सिंगापुरबाट १ सय ४६ जना फर्किएका छन् ।
नेपाल सरकारले जुनको पहिलो सातादेखी विदेशमा अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने क्रममा ४० वटा शवको पनि उद्धार गरिएको वताईएको छ । ४० शवहरुमा कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, साउदी, यूएई र ओमानबाट एक एक जनाको रहेको छ । विभिन्न कारणबाट मृत्यु भएका तर लकडाउनमा परेका ३ सय १८ सवहरुमा ४० जनाको उद्धार गरिएको छ भने थप उद्धारको क्रममा रहेको जनाईएको छ । जसमध्ये १ सय १४ जनाको अन्त्यष्टि विदेशमै गरिएको छ ।
हालसम्म विदेशमा कोरोना महामारीबाट ज्यान गुमाउने नेपालीहरुको संख्या १ सय ३० पुगेको छ । ३५ देशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको एनआरएन अन्तर्गतको स्थास्थ्य समितिको तथ्यांकले देखाएको छ ।