खाडीबाट बन्द वाकसमा फर्किए २४ वटा सव

२०७७ असार ६ गते ०:२३ Realkhabar

कतारबाट २०, कुवेतबाट २ र साउदी अरब र यूएईबाट १-१ सव

रियलखबर, वैदेशिक रोजगारीको लागि खाडी राष्टमा पुगेका नेपालीहरुलाई फर्काउने क्रममा उनीहरुसँगै २४ सव पनि फर्किएका छन् । यसरी फर्किएका सवहरुमा कतारबाट २० जना, कुवेतबाट २ जना र साउदी अरब र यूएईबाट एक-एक जनाको रहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । कोरोना महामारीले विदेशमा अलपत्र परेका नेपालीहरुलाई हवाई चाटर्ड गरि उद्धार गर्ने क्रममा लकडाउनमा अडकिएका नेपाली श्रमिकका सव पनि फर्फिएका हुन् । कतार एयरवेजले ४३ जना नेपालीहरुसँगै २० वटा सव शुक्रबार दिउसो काठमाडौंमा पुरयाएको थियो । त्यसैगरि कुवेतबाट जजिरा एयरलाईन्सले दुई वटा र नेपाल एयरलाईन्स र हिमालयन एयरलाइन्सले साउदी र यूएईबाट एक-एक जनाको सव काठमाडौं पुरयाएका छन् ।

कतारबाट फर्किएका २० वटा सवहरुमा सर्लाहीका अरुण कुमार पञ्जिपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, सिराहाका शाशिनन्द यादव र रुपेशकुमार मण्डल, मकवानपुरका जितेन्द्र थापामगर, लमजुडका कुम्बा तामाड, बर्दियाका शुकराम थारु, धनुषाका चाउतारवा मण्डल खत्वे, बाकेका भक्तबहादुर थापामगर, रुपन्देहीका यमबहादुर थापाको, शव रहेको छ । त्यसैगरि सप्तरीका राजेन्द्रप्रसाद मण्डल, भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाड, मोरडका युवराज अधिकारी, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको शव ल्याइउको छ । त्यस्तै कुवेतबाट नुवाकोटकी सोनी तामाड र संखुवासभाका मानबहादुर आले, साउदी अरबमा कार्यरत हरिबहादुर बस्नेत को शव आएको छ भने यूएईबाट सिन्धुपाल्चोकको पेम्बानुर्बु शेर्पाको शव काठमाडौमा आईपुगेको छ । वृस्तृत विवरण अझै आउन वाँकी छ ।