अमेरिकाबाट नेपाल चासो

२०७७ असार ४ गते ४:५८ Realkhabar

दलितसँग गैरदलितले घुँडा टेकेर माफि मागे, जनसम्पर्क समितिद्धारा ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण


डिसीमहानगरपालिका वरपरका अमेरिकी नेपालीहरुले हालै पश्चिम नेपालको रुकुममा घटेको जातिय घटनालाई लिएर सांकेतिक विरोध जनाएका छन् । अमेरिकी पूर्वराष्टपति अब्राहम लिंकन मेमोरियल अगाडी उपश्थित गैरदलितका मानिसहरुले दलित समुदायको प्रतिनिधित्व गर्ने मानिसहरुसमक्ष घुँडा टेकेर माफि मागेका थिए । जातियविभेदविरुद्ध गत आईतबार गरिएको उक्त प्रर्दशनमा नेपालीमूलका उपमेयर किरण सिटौलासहित २८ जना नेपाली अमेरिकीहरु सहभागी भएका थिए ।

 

साथै उनीहरुले हालै अमेरिकामा अस्वैत अमेरिकी नागरिक जर्ज फलोइडको मृत्युको विषयलाई लिएर गरिएको आन्दोलन लगायत संसारभर भैरहेका जातिय रंगभेदी असमान व्यवस्था विरोधी आन्दोलनको समर्थन गरेका थिए । स्मरणिय रहोस गत जेष्ठ १० गते रुकुममा नबराज विकसहित ६ जनाको ज्यान गएको थियो जुन पछिल्लो पटक नेपालमा घटेको ठूलो जातिय घटना मानिन्छ ।


उक्त घटनालाई लिएर यसअघि न्युयोर्कमा शान्तिपूर्ण प्रर्दशन भैसकेको छ भने एनआरएन अमेरिकाले पनि ढिलोगरि रुकुममा घटेको नबराज विकसहित ६ जनाको मृत्यु भएको जातिय घटनाको विषयमा समवेदना दिदै चासो व्यक्त गरेको थियो ।

जनसम्पर्क समितिद्धारा ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण


नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले कोरोनाको महामारीमा नेपाल सरकारको ध्यानाकर्षण गराउदै न्युयोर्कस्थित महावाणिज्य दुतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । पाटीका आमन्त्रित केन्द्रिय सदस्यसमेत रहेका समितिका अध्यक्ष आनन्द विष्टको नेतृत्वमा गएको टोलीले कार्यवाहक महावाणिज्यदुत पुष्पराज भट्टराईलाई ज्ञापनपत्र हस्तानतरण गरेको थियो । कोरोनाको महामारीमा नेपाल सरकार गम्भिर नभएको वताउदै यसबारे ठोस कदम चाल्न ज्ञापनपत्रमार्फत अनुरोध गरेको छ ।

विदेशमा रहेका सरकारी निकायहरु पनि नागरिकको चासोमा वेखबर रहेको जानकारी गराउदै सरकारले प्रवासमा रहेका आफ्ना नागरिकहरुको समस्यामा उचित ध्याननदिएको गुनासो गरिएको छ । विदेशमा अलपत्र परेका नागरिकहरुलाई यथासिघ्र सुविधा र सहुलियतमा नेपाल फर्काउनु पर्ने र क्वारेन्टाइनको उचित प्रवन्ध गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । अमेरिकामै १८ जना नेपालीहरुको मृत्यु भैसकेको उल्लेख गर्दै विदेशमा अलपत्र परेकाहरुको बारेमा गम्भिर वनिदिन नेपाल सरकारलाई आग्रह गरिएको छ ।