रुकुम घटना – वडाअध्यक्ष सहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

२०७७ असार १० गते २२:४९ Realkhabar

राजु लामिछाने

रुकुम पश्चिम, १० असार – अदालतले गत जेठ १० गतेका दिन रुकुम पश्चिमको सोतीमा घटेको घटनाकोमुद्दामा वडाध्यक्ष सहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेशदिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्षडम्बरवहादुर मल्ल सहित २३ जना प्रतिवादीलाई थुनामा राख्न आदेशदिएको हो । त्यस्तै १ जनालाई एक लाख धरौटीमा रिहा गर्न र ३जनालाई तारेखमा छाड्न आदेश भएको रुकुम जिल्ला अदालतका श्रेस्तेदारकृतवहादुर बोहराले जानकारी दिनुभयो । जिल्लाको चौरजहारी नगरपालिका ८ सोतीमा गत जेठ १० गते भएको घटनामाजाजरकोटका ५ र रुकुम पश्चिमका १ गरी ६ जनाको ज्यान गएको थियो ।उक्त घटनामा संलग्न रहेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत लगायतका कसुरमा मुद्दा दर्ता गराएको थियो । उक्त मुद्दामा प्रतिवादीको बयान र थुनछेकबहस सकिएपछि आज आदेश जारी भएको हो । पक्राउ परेका २९ जना मध्ये२ जना नावालकलाई भने बाल सुधार गृहमा पठाउन यसअघि नै अदालतलेआदेश दिईसकेको छ ।

को को गए थुनामा ?

मुद्दा पूर्पक्षका लागि थुनामा जानेहरुमा वडाध्यक्ष डम्मरबहादुर मल्ल सहितडिल्लीवहादुर मल्ल ठकुरी, प्रेमवहादुर मल्ल ठकुरी, सन्तोष मल्ल,मानवहादुर मल्ल, टोपवहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३) रहेका छन् । त्यस्तै तिलक चन्द, हर्कवहादुर मल्ल, बिनोद मल्ल, नेत्रवहादुरमल्ल, रेशमबहादुर मल्ल, बिष्णु मल्ल, इन्द्रवहादुर भन्ने इर्दबहादुरठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविनकुमार घर्तिमगर, बिराजपुनमगर, भिमवहादुर पुनमगर, रमित पुनमगर, सर्वजित भन्ने सविन पुन र मोहनपुनमगरलाई पनि कारागार चलान गर्न आदेश भएको छ । उनका अनुसार परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) लाई १ लाखधरौटीमा रिहा भएका छन् । त्यसैगरी तुलवहादुर मल्ल, इन्द्रवहादुर मल्ल रदिपेन्द्र चन्द भने तारेखमा रिहा भएका छन् । त्यस्तै प्रतिवादीहरु तुलारामघर्ती, डिल्ली घर्ति, लोकेन्द्र घर्ति, शौरभ पुन र भिमवहादुर बुढाअझैसम्म फरार रहेका छन् ।


जाजरकोटको भेरि नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विकले रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी मल्ल थरकी आफ्नीप्रेमिकालाई लिन भनेर १८ जना साथी सहित सोती पुगेका थिए । केटितर्फका आफन्त र गाउँलेहरुको आक्रमणमा परेर उनीहरु मध्ये ६जनाको हत्या भएको छ । प्रेमिकालाई बिहे गरेर लैजान भन्दैजाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । जाजरकोटभेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार,गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीकोउक्त घटनामा ज्यान गएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएकोथियो ।