कुवेतमा बाराका उमाकान्त काफ्लेको मृत्‍यु

२०७७ असार १३ गते २०:५७ Realkhabar

हरी कृष्ण न्यौपाने-बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्‍यु भएको हो ।
नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्‍यु भएको जानकारी दूताबासमा आएको बताए।सिलवालले भने”कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका कारण मृत्‍यु भएको जानकारी प्राप्त भएको छ।उनको शबलाई फर्काउने सम्बन्धमा र अन्य कानुनी प्रकृयाका लागि मृतक काफ्ले कार्यरत कम्पनी,परिवार लगाएत सम्बन्धित निकाय संग समन्वय गरी कानुनी प्रकृया शुरु गरिसकेका छौ।”


यसै बिच पोर्चुगलमा कार्यरत मृतकका आफन्त(श्रिमतीको भाई) सुमन धमलाले भने”एप्रिल १३ तारिक,२०२०का दिन हल्का श्वासप्रश्वासमा समस्या भए पछी हिंडेरै फर्वानिया अस्पातल पुगेका भिनाजुको मृत्‍युको खबरले हामी धेरै दु:खी छौ।उनले भने”भिनाजुलाई बिचमा कोरोना संक्रमण भए पछी जाबेर अस्पातल लगिएको अनी निको हुनु भएपछी पुन: फर्वानिया अस्पातल फर्काइएको र केही सुधार हुँदै गरेको कम्पनिले हामीलाई जानकारी गराइरहेको थियो।तर एक्कासी मृत्‍युको खबरले हामीलाई पत्याउनै गार्हो भईरहेको छ।”उनले थपे”उहाँको शबलाई छिट्टै घर फर्काउन दूताबास लगाएत सबैले सहयोग गरिदिनु होला।” मृतक काफ्लेको घरमा श्रिमती, तीन छोराहरु, बुवा-आमाहरु रहेका धमलाले बताए।