दक्षिण कोरियामा अलपत्र परेकाहरु नेपाल फर्किदै

२०७७ असार ६ गते २:४४ Realkhabar

रियलखबर, महंगो भाडा तिरेरै भएपनि कोरियामा रहेका २ सय ३६ जना भोली शनिबार नेपाल फर्किने भएका छन् । त्यहाँस्थित गैरआवासीय नेपाली संघ र नेपाली दुतावासको पहलमा उनीहरु नेपाल जान लागेका हुन् । दक्षिण कोरियाली सरकारले नेपाली कामदार लिन नेपाल उडान गर्नेक्रममा खाली जान लागेको थाहा पाएर पहल गर्दा यो सम्भव भएको वताईएको छ । कोरोना भाईसरको महामारीको वेला उडान नहुदा अलपत्र परेकामध्येबाट उनीहरु नेपाल जान लागेका हुन् । ईपीएसबाट कोरिया पुगेका ४ हजारबढीको भिषा सकिएको दुतावासले जनाएको छ । कोरियाबाट नेपाल पुग्न पचास हजारसम्म लाग्ने भएपनि उनीहरुले यतिवेला एक लाख ५० हजार तिर्नुपरेको वताईन्छ